च्याम्पियन्स लिगमा मेस्सीको नयाँ कीर्तिमान « Khabarhub

च्याम्पियन्स लिगमा मेस्सीको नयाँ कीर्तिमान


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।

मेस्सीले च्याम्पियन्स लिगको इतिहासमा फरक ३४ टिमविरुद्ध गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। यस अघि मेस्सीले क्रिस्टियानो रोनाल्डो र राउलसँग बराबरी गर्दै ३३ फरक टिमविरुद्ध गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि सात सयौं खेल खेल्दै एक गोल र एक असिस्ट गरेका थिए । मेस्सीले यस खेलमा गोल गरेसँगै च्याम्पियन्स लिगको इतिहासमा नयाँ कीर्तिमान समेत बनाएका छन् ।

बुधबारको खेल मेस्सीको कीर्तिमानीसँगै बार्सिलोना अन्तिम १६ मा पुगेको छ । जारी प्रतियोगितामा टिमका तीन स्टार फरवार्डहरु लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजम्यानले १–१ गोल गरेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले जर्मनीको बलियो टिम बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गरेको छ ।

डर्टमण्डका लागि एक गोल जाडोन सान्चोले गरेका थिए । यस खेलमा बार्सिलोनाका ओसमान डेम्बेले घाइते भएका छन् । बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरीले फेरि चिन्ता बढाएको छ । यो जितपछि बार्सिलोना ५ खेलमा ११ अंकसहित शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो समूहबाट अन्तिम १६ मा छनौट हुने दोस्रो टिमको टुंगो भने अन्तिम खेलपछि हुने भएको छ । यस समूहमा इन्टरमिलान र डर्टमण्ड ५–५ खेलमा ७–७ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अब समुह चरणको अन्तिम खेलमा इन्टरमिलानले बार्सिलोनासँग खेल्ने छ भने डर्टमण्ड स्लाभिया प्राहसँग डिसेम्बर ११ मा खेल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : १८ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा