हङकङको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिको हस्ताक्षर « Khabarhub

हङकङको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिको हस्ताक्षर


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरले चीन अमेरिकासँग चिडिन सक्ने संकेत देखिएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानून बनेको छ। हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्‌कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताए।

तर त्यो कानूनले चीनका पक्षमा भने छैन । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा “हस्तक्षेप नगर्न” चेतावनी दिइसकेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन-अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।

उनले हङ्‌कङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन्। त्यसले हङ्‌कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पको भनाइमा “चीन र हङ्‌कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर (ती विधेयकहरू) लागु गर्न लागिएको” हो।

यो विधेयक गत जुन महिनामा हङ्‌कङमा प्रदर्शनहरू शुरु हुन लाग्दा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको र गत महिना कंग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो।

त्यो विधेयकमा हङ्‌कङ चीनको भाग हो र त्यसको आफ्नै कानूनी र आर्थिक व्यवस्था रहेको उल्लेख छ। वार्षिक समीक्षाले हङ्‌कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानूनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आकलन गर्ने पनि उल्लेख गरिएको छ ।

चिनियाँ मुख्य भूमिमा लागु हुने अमेरिकी कर वा नियम स्वायत्त क्षेत्रको रूपमा रहेको हङ्‌कङमा चाहिँ लागु हुने गरेको छैन।

त्यो कानुनमा अमेरिकाले हङ्‌कङका नागरिकलाई विरोधका क्रममा पक्राउ परेको अवस्थामा पनि प्रवेशाज्ञा दिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : २६ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु