प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै, आज केहिबेर हिँडाइने « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै, आज केहिबेर हिँडाइने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आज ठोस खानेकुरा खुवाउने तयारी भएको छ ।

बुधबार रातभर ओलीको स्वास्थ्यमा धेरै सुधार भएको र आज केहिबेर हिँडाउने तयारी रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठे प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानी छ ।

यसबीचमा उनको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ४१ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास