युवालाई सीपमूलक तालिम : अर्बौ खर्च, उपलब्धी शून्य | Khabarhub Khabarhub

युवालाई सीपमूलक तालिम : अर्बौ खर्च, उपलब्धी शून्य


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर वार्षीक रुपमा वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी सीपमुलक तालिम सञ्चालन गदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवलयले सञ्चालन गरेको यो कार्यक्रममा बेरोजगार युवा समेटिन्छन् ।

बोर्डले चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमुलक तालिम दिनका लागि १५ वटा तालिम प्रदायक संस्थाको समेत छनोट गरिसकेको छ । वैदेशिक रोजगारीमा जाने चाहने युवाका हकमा १९ प्रकारका तालिम सञ्चालन गर्ने बोर्ड उद्घोष गरेको छ ।

बोर्डले विगत ७ वर्षमा करिब ३० हजारभन्दा धेरै युवालाई तालिम दिएको छ । यो तालिम सञ्चालन गर्दा ४ अर्ब रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षमा पनि १५ हजार युवालाई निःशुल्क तालिम दिन् २५ करोड रुपैयाँ बजेट विनियोजन भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

सरकारले तालिम प्रदायक संस्थासँग मिलेर वैदेशिक रोजगारीमा जाने युवा निःशुल्क सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि आवश्यक प्रविधिक विषयमा छलफल भइरहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । तालिमका सञ्चालनका लागि पुर्वाधार भएका तालिम प्रदायक संस्थासँग समन्वयन भएको उनको भनाइ छ ।

यस्तै, सुरक्षित आप्रवासन सामी परियोजनाले पनि गएको १० वर्षदेखि वैदेशिक रोजगारीमा जान चाहने युवालाई निःशुल्क सीपमुलक तालिम दिदै आएको छ । सन् २०११ देखि २०१८ सम्म आइपुग्दा ९ हजार ४ सय ६५ जना वैदेशिक रोजगारीमा जान चाहने युवालाई तालिम सीपमुलक तालिम दिएको सामीले जानकारी दिएको छ । यो अवधिमा ५ अर्ब तालिम सञ्चालनमा खर्च भएको सामीले जनाएको छ ।

सन् २०२२ सम्ममा नेपाल सरकार तथा स्वीजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सामी परियोजनाले वैदेशिक रोजगारीमा जान चाहने ७ हजार जनालाई निःशुल्क तालिम दिन लागेको जनाएको छ ।

सामीले सात हजार युवालाई तालिमका लागि करिब २ अर्ब ३८ करोड रकम खर्च छुटाएको छ । यो नेपाल सरकार र स्वीस सरकारको लगानीमा सीपमुलक तालिमका लागि खर्च गरिदै छ ।

अबौं रकम खर्चिएर सञ्चालनमा आएको परियोजनाले लक्षित वर्गलाई भने समेट्न सकेको छैन । यसरी तालिम लिएका युवा वैदेशिक रोजगारीमा जान्छन् कि स्वदेशमा बस्छन् भने विषयमा तालिम प्रदायक संस्था नै बेखर छ । त्यसो त तालिम लिएका युवाले सीपको सदुपयोग पनि नगरेको पाइएको छ ।

वैदेशिक रोेजगारीको खोजीमा खाडीका देश, मलेसिया अथवा अन्य देश जान चाहने युवा लक्षित तालिम सञ्चालन गर्ने सामीकी कार्यक्रम निर्देशक सीता घिमिरेले जानकारी दिइन ।

सरकारले निःशुल्क तालिमसँगै तालिम अवधिभर खाने र बस्ने सुविधा पनि दिँने गरेको निर्देशक घिमिरेले बताइन ।

‘सामीले १० वर्ष अघिदेखि नै वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क सीपमुलक तालिम दिदै आएको छ । हालसम्म २० वटा आप्रवासी श्रोत केन्द्र संचालनमा छन् । २० वटा थप विस्तार गर्ने क्रममा छन्,’ उनले भनिन, ‘परियोजनाको तेस्रो चरणसम्म आइपुग्दा आप्रवासी श्रोत केन्द्रमार्फत ६ लाखभन्दा वढीलाई सुरक्षित आप्रवासन सम्वन्धि सूचना प्रभाव गर्ने योजना रहेको छ । तालिम पनि सञ्चालनमा महत्वपुर्ण भित्र पर्छ ।’

कहाँ जान्छन तालिम लिने युवा ?

निःशुल्क सीपमुलक तालिम लिएका युवा कहाँ र के गर्दैछन् भन्ने विषयमा सरोकारवाला निकाय नै बेखबर छ । वैदेशिक रोजगारी वा स्वाबलम्बन बन्न सीप मुलक तालिम दिइएपनि युवाहरुले सोही अनुसार काम गर्छन गर्दैनन भन्ने विषयमा कसैले खोजी गरेको छैन ।

यसरी तालिम लिएका युवा कहाँ छन् त सरकारले खर्च गरेअनुसार उपलब्धको सदुपयोग भएको छ की छैन भनेर नियमन निकाय नै अनुगमन र तंथ्याक लिएको छैन ।

अदक्ष कामदार रोजगारीका लागि गएकै कारण अरु देशका कामदारको तुलनामा नेपाली श्रमिकले कम तलबमा पाँउछन् । तर, विभिन्न संस्था र सरकारी निकायबाट सीपमुलक तालिम लिएका युवा वैदेशिक रोजगारीमा मै जान्छन् त ? भने विषयमा सरकार नै बेखर देखिन्छ । यसरी सञ्चालन गरिएको तालिमको फाइदा युवा सम्म नपुगेको देखिदैन ।

गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २ लाख ८५ हजार ४ सय ४५ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । १ लाख ७९ हजार ६ सय १ जना मात्रै दक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।

यी दक्ष श्रमिक पुनः श्रम स्वीकृति लिएर गाएका पर्छन । दक्ष कामदारको तुलनामा अदक्ष श्रमिकको संख्या १ लाख ५८ हजार ४४ जना बढी छ । वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका ५ लाख ८ हजार ८ सय २७ जनामध्ये ७० प्रतिशत सीप नभएको विभागको तंथ्याकमा उल्लेख छ ।

विभागको तंथ्याकअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७० प्रतिशत अदक्ष श्रमिक छन् । सीप सिकेर जाँदा विदेशमा करार सम्झौता अनुसारकै काम पाउने र हात सीप नभएका श्रमिकले करार अनुसार तालिम र काम नपाउने गरेका छन् ।

दक्ष कामदार मात्र विदेश पठाउने लक्ष्यसहित सरकारले सीप सिकेको प्रमाणपत्र विना अन्तिम श्रम स्वीकृति नदिने चालु आर्थिक वर्षबाट योजना लिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसालले जानकारी दिए ।

सरकार आफै पनि विदेश जाने युवालाई निःशुल्क तालिम दिन जुटिरहेको छ । सातै प्रदेशमा सीप विकास तालिम केन्द्र खोल्ने देखि तालिम दिने संस्था छनोट गर्ने काम भइरहेको महानिर्देशक भुसालले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : २८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका