प्रधानमन्त्रीले अस्पतालबाटै भने– मेरो स्वास्थ्यमा तीब्र सुधार भइरहेको छ « Khabarhub

प्रधानमन्त्रीले अस्पतालबाटै भने– मेरो स्वास्थ्यमा तीब्र सुधार भइरहेको छ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया गरी अस्पतालमै उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा सुभेच्छा प्रकट गर्नेहरुप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रधानमन्त्रीले ट्वीटर सन्देशमा लेखेका छन्– बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा ओलीलाई एपेन्डिसाइटिस भएको देखिए पछि चिकित्सकहरुले  मंगलबार नै शल्यक्रिया गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ११ : ११ बजे

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते