चोरले पसल तोडे, पैसा छाडेर प्याज चोरे « Khabarhub

चोरले पसल तोडे, पैसा छाडेर प्याज चोरे


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– चोरी गर्ने उद्देश्यले गएका व्यक्तिको पहिलो नजर कुन चिजमा होला ? अवश्य पनि पैसा (नगद)मा ।

तर, केही चोरहरु यस्ता पनि हुन्छन्, जसले नगदलाई भन्दा बढी उपभोग्य बस्तुलाई महत्वपूर्ण मान्छन् ।

अहिले दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ ।

मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् ।

तर, भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ चोरले पसल तोडेर प्याज चोरी गरेका छन् ।

पसलमा नगद र अन्य मूल्यबान चिजहरु पनि थिए । तर, चोरले भने लसुन र प्याज मात्रै चोरे ।

घटना भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको हो । जहाँ एउटा चोरले तरकारी पसल तोडेर प्याज र लसुन चोरेर लगेका छन् ।

पसलका सञ्चालक अजय दासले सोमबार राति आफ्नो पसलबाट करिब ५० हजार रुपैयाँ बराबरको प्याज र लसुन चोरी भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका छन् ।

चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यबान सामग्री भने चोरी नगरेको दासले बताएका छन् ।

भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १२ : ०८ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा