विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या « Khabarhub

विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

गत वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले कालोपत्र नहुँदा आफूहरु धुलोमा दैनिकी बिताउन बाध्य भएको बताए ।

नयाँ बसपार्क पुलदेखि बालाजु पुलसम्म करिडोर विस्तार भए पनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजुचोक, बाइपास क्षेत्रको सवारी जाममा कमी आउनेछ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने नयाँ बसपार्क क्षेत्रमा धूलोका कारण यात्रुलाई समस्या हुँदै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ट्राफिक प्रहरीको नेतृत्वमा खोलिएका करिडोरमध्ये बालकुमारी करिडोर र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए ।

हालसम्म धोबीखोला, रातोपुल, कालोपुल, भत्केको पुल, करिडोर कालोपत्र भइसकेको छ भने बालकुमारी र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी छ । करिडोर विस्तार र ग्राभेलको काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरे पनि कालोपत्र कसले गर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त दिलीप भण्डारी उक्त करिडोर कालोपत्रको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लिएको बताउनुहुन्छ । उक्त समितिले हाल उपत्यकाका विष्णुमती नदी, नख्खु खोला, धोबी खोला, बल्खु खोला, वनग्गमती खोला, हनुमन्ते खोला, मनहरा खोला, कर्मनाश खोला र महादेव खोलाको सभ्यता कायम राख्ने खोलाको किनारामा बाटो निर्माण गर्ने जिम्मा लिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको बढ्दो यातायातसँगै सडक विस्तारलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

“टोखा, बानियाँटार, नयाँ बसपार्क, बालाजु, शोभा भगवती हुँदै कालीमाटी निस्कने विष्णुमती करिडोर चाँडै निर्माण भए चक्रपथ क्षेत्रको आधा ट्राफिक जाम कम हुन्छ,”–उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले करिडोर निर्माणसँगै उपत्यकाको सवारी जाममा कमी आउने भएकाले सोका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाए ।

यातायात व्यवस्था विभागका अनुसार हाल झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : २४ बजे

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी