भागबण्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : डा. भट्टराई « Khabarhub

भागबण्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : डा. भट्टराई


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ठोकुवा गरेका छन् ।

बिहीबार दाङमा आयोजित एक साक्षात्कारमा उनले दलहरुको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको टिप्पणी गरे । बाबुरामले भने,‘अख्तियारले साना माछालाई समातेपनि ठूला माछालाई समात्न सक्दैन् । जनताप्रति पूर्ण उत्तरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्था गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचार रोक्न सकोस भन्दै आयोगलाई सुझाव दिए ।

भट्टराईले देश गरिबी र बेरोजगारको दुष्चक्रमा रहेको बताउँदै दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको पनि आरोप लगाए ।

देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नाराबाहेक देखिनेगरी अर्थतन्त्रको पाटोमा सरकारले कुनै परिवर्तन ल्याउन नसकेको उनको टिप्पणी छ । उनले योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह समेत गरेका छन् ।

‘दुई तिहाई प्राप्त बहुमतको सरकारले देखिनेगरी न त रोजगार सिर्जना गर्नसक्यो , न त लगानी प्रर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो । न त देखिनेगरी आर्थिक परिर्वन गर्न सक्यो,’अध्यक्ष भट्टराई भने ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १ : ४७ बजे

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर