दर्शकले फिल्म बुझ्दैनन् भन्दै केही मेकरले आफूलाई ‘राम्रो’ देखाउन खोज्छन्: साम्तेन « Khabarhub

दर्शकले फिल्म बुझ्दैनन् भन्दै केही मेकरले आफूलाई ‘राम्रो’ देखाउन खोज्छन्: साम्तेन


१२ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्तेन भुटियाले निर्देशन गरेको पछिल्लो फिल्म ‘चच हुई’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । यो फिल्ममा साम्तेनले आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ लगायतका कलाकारलाई शीर्ष भूमिकामा अभिनय गराएका थिए ।

साम्तेनले फिल्म रिलिजपूर्व पत्रकार भेटघाट कार्यक्रममा यो फिल्मको स्किृप्ट दमदार भएको प्रतिक्रिया दिएका थिए । तर, स्किृप्टमा दम देखिएन । दर्शक र समीक्षकले फिल्म रुचाएनन् ।

यद्यपि साम्तेनलाई स्तरीय फिल्म बनाउने निर्देशककै रुपमा लिने गरिन्छ । उनले यसअघि बनाएका फिल्म व्यावसायिक हिसाबले कमजोर भए पनि समीक्षा राम्रो पाउने गरेका थिए ।

साम्तेन स्वयम् फिल्ममा ‘लार्जर देन लाइफ’ हुनु हुँदैन भन्ने धारणा राख्छन् । त्यसैले उनले फिल्ममा जीवनको वास्तविकता पस्किन खोज्छन् ।

साम्तेन भन्छन्, ‘फिल्म मेकिङमा आएका हामीले धेरै कुरा त बुझेकै छैनौँ, मलाई चाहिँ फिल्ममा लार्जर देन लाइफ कम हुनुपर्छ भन्ने लाग्छ ।’

फिल्म ‘चच हुई’ मा भने उनले मसालेदार खुराक पनि मिसाएका थिए । तर फिल्म चलेन । यसलाई साम्तेनले एक प्रयोगका रुपमा लिएका छन् ।

साम्तेन भुटियाले निर्देशन गरेको फिल्म ‘चच हुई’ को पोस्टर ।

‘नेपालमा फरक जनराका फिल्म डुब्छ भन्ने परेको छ, खासमा फिल्म जनराअनुसार फरक हुने हो,’ खबरहबसँगको कुराकानीमा साम्तेनले भने, ‘नेपालमा हजारभन्दा बढी कथा छन्, ती कथा त हामीले छुनै सकेका छैनौँ ।’

विदेशी फिल्ममा स्वयम्भुमा हिर्काएको लात्ताले मान्छे बसन्तपुर देखाउँदा ‘सिनेम्याटिक लिबर्टी’ बुझ्नेले नेपाली फिल्ममा यस्तै प्रयोग गर्दा हावा फिल्म भन्ने गरेको उनले बताए । साम्तेनले भने, ‘हामीमा मानसिकता नै त्यस्तै परेको छ ।’

उनले नेपाली दर्शकलाई विदेशी फिल्म हेर्दा रमाइलो लाग्ने गरेको स्वीकारे । नेपाली दर्शक फिल्ममेकर भन्दा पनि चनाखो भएको तर फिल्ममेकरले आफ्नो गल्ती स्वीकार गर्न नसकेको उनले भने ।

‘नेपाली दर्शकसँग मेकरसँगभन्दा बढी अप्सन छ, उनीहरु अपडेट हुने मौका पाएका छन् तर यहाँ कतिपय मेकरले नेपाली अडियन्सले फिल्म बुझ्दैन भनेर आफूलाई राम्रो बनाउन खोज्छन्,’ उनले भने ।

नेपाली फिल्म सधै कमजोर बन्ने सन्दर्भमा साम्तेनले भने, ‘हामी अझै पनि कम्प्रमाइजमै फिल्म बनाइरहेका छौँ, हामीसँग सीमित बजेट छ, त्यसैले पनि भनेजस्ता फिल्म बनाउन पाएका छैनौँ ।’

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  २ : ४३ बजे

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र