दर्शकले फिल्म बुझ्दैनन् भन्दै केही मेकरले आफूलाई ‘राम्रो’ देखाउन खोज्छन्: साम्तेन « Khabarhub

दर्शकले फिल्म बुझ्दैनन् भन्दै केही मेकरले आफूलाई ‘राम्रो’ देखाउन खोज्छन्: साम्तेन


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्तेन भुटियाले निर्देशन गरेको पछिल्लो फिल्म ‘चच हुई’ ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन । यो फिल्ममा साम्तेनले आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ लगायतका कलाकारलाई शीर्ष भूमिकामा अभिनय गराएका थिए ।

साम्तेनले फिल्म रिलिजपूर्व पत्रकार भेटघाट कार्यक्रममा यो फिल्मको स्किृप्ट दमदार भएको प्रतिक्रिया दिएका थिए । तर, स्किृप्टमा दम देखिएन । दर्शक र समीक्षकले फिल्म रुचाएनन् ।

यद्यपि साम्तेनलाई स्तरीय फिल्म बनाउने निर्देशककै रुपमा लिने गरिन्छ । उनले यसअघि बनाएका फिल्म व्यावसायिक हिसाबले कमजोर भए पनि समीक्षा राम्रो पाउने गरेका थिए ।

साम्तेन स्वयम् फिल्ममा ‘लार्जर देन लाइफ’ हुनु हुँदैन भन्ने धारणा राख्छन् । त्यसैले उनले फिल्ममा जीवनको वास्तविकता पस्किन खोज्छन् ।

साम्तेन भन्छन्, ‘फिल्म मेकिङमा आएका हामीले धेरै कुरा त बुझेकै छैनौँ, मलाई चाहिँ फिल्ममा लार्जर देन लाइफ कम हुनुपर्छ भन्ने लाग्छ ।’

फिल्म ‘चच हुई’ मा भने उनले मसालेदार खुराक पनि मिसाएका थिए । तर फिल्म चलेन । यसलाई साम्तेनले एक प्रयोगका रुपमा लिएका छन् ।

साम्तेन भुटियाले निर्देशन गरेको फिल्म ‘चच हुई’ को पोस्टर ।

‘नेपालमा फरक जनराका फिल्म डुब्छ भन्ने परेको छ, खासमा फिल्म जनराअनुसार फरक हुने हो,’ खबरहबसँगको कुराकानीमा साम्तेनले भने, ‘नेपालमा हजारभन्दा बढी कथा छन्, ती कथा त हामीले छुनै सकेका छैनौँ ।’

विदेशी फिल्ममा स्वयम्भुमा हिर्काएको लात्ताले मान्छे बसन्तपुर देखाउँदा ‘सिनेम्याटिक लिबर्टी’ बुझ्नेले नेपाली फिल्ममा यस्तै प्रयोग गर्दा हावा फिल्म भन्ने गरेको उनले बताए । साम्तेनले भने, ‘हामीमा मानसिकता नै त्यस्तै परेको छ ।’

उनले नेपाली दर्शकलाई विदेशी फिल्म हेर्दा रमाइलो लाग्ने गरेको स्वीकारे । नेपाली दर्शक फिल्ममेकर भन्दा पनि चनाखो भएको तर फिल्ममेकरले आफ्नो गल्ती स्वीकार गर्न नसकेको उनले भने ।

‘नेपाली दर्शकसँग मेकरसँगभन्दा बढी अप्सन छ, उनीहरु अपडेट हुने मौका पाएका छन् तर यहाँ कतिपय मेकरले नेपाली अडियन्सले फिल्म बुझ्दैन भनेर आफूलाई राम्रो बनाउन खोज्छन्,’ उनले भने ।

नेपाली फिल्म सधै कमजोर बन्ने सन्दर्भमा साम्तेनले भने, ‘हामी अझै पनि कम्प्रमाइजमै फिल्म बनाइरहेका छौँ, हामीसँग सीमित बजेट छ, त्यसैले पनि भनेजस्ता फिल्म बनाउन पाएका छैनौँ ।’

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  २ : ४३ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक