काठमाडौं– नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी (सीए/भीएनफोर) युद्ध क्षेत्रका लागि असुरक्षित रहेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा विभिन्न मुलुकहरूमा खटिएका नेपाली सैनिक अधिकृत र जवानहरूले चीनबाट अनुदानमा प्राप्त एपीसी (सीए/भीएनफोर) युद्ध क्षेत्रका लागि अशुरक्षित रहेको गुनासो गरेका हुन् ।
ती एपीसीहरु कुन–कुन मुलुकमा खटिएका शान्ति सेनाले प्रयोग गरिरहेका छन् भन्ने एकिन जानकारी नभएपनि यो सेनाका लागि कमजोर र असुरक्षित भएका कारण संयुक्त राष्ट्रसंघीय मिसनमा खटिनेहरूले यी एपीसीहरूको प्रयोग गर्न आनाकानी हुने गरेको सैनिक स्रोतले बतायो ।
कमजोर र असुरक्षित भएका कारण चिनियाँ सहयोगमा प्राप्त यी एपीसीहरु संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा प्रयोगका लागि हालसम्म नपठाइए सैनिक स्रोतको दाबी ५ ।
यी एपीसीहरु छाउनीस्थित सैनिक ब्यारेकमा थन्काइएको छ ।
यसबाट नेपाली सेनाले सन् २०१९ अगस्ट अन्तिम साता चिनियाँ २३० मिलियन आरएमबी अर्थात् नेपाली रुपैयाँ ३ अर्ब ७४ करोड ७७ लाख ७५ करोड ९ सय ८७ मूल्यका एपीसी भेइकलहरूको विश्वसनीयतामा गम्भीर आशंका उत्पन्न भएको सैनिक स्रोतको भनाइ छ ।
यान्त्रिक रूपले १२.७ एमएम एन्टिएयरक्राफ्ट मेसिन गनसहितका एपीसी भेइकलहरू भए पनि प्राविधिक दृष्टिकोणले गुणस्तरीय, भरपर्दो र टिकाउ नभएका कारण संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सैनिकहरूले विभिन्न समस्या व्यहोर्नुपर्ने अवस्था आउने गरेको सैनिक स्रोतको भनाइ छ ।
यी एपीसी भेइकलहरू बुलेट प्रुफ नभएकाले गोली छिर्ने, चाँडै तात्ने समस्याका कारण कम गुणस्तरीय र असुरक्षित रहेको शान्ति मिसनमा खटिने सैनिकहरूको भनाइ छ ।

यसअघि यस्तै खालको बुलेट प्रुफ नभएका चिनियाँ एपीसी भेइकलहरू केन्यालगायतका युद्धग्रस्त क्षेत्रमा प्रयोग भएका थिए । तर उक्त भेइकलहरुबाट छिरेको गोली लागेर आठ जना सैनिकको मृत्यु भएपछि नेपालले चीनबाट अनुदानमा पाएको भेइकलहरुमा त्यस्तै समस्या आउन सक्ने डर रहेको सैनिक स्रोतको भनाइ छ ।
बुलेट प्रुफ नभएका चिनियाँ एपीसी भेइकलहरू केन्यालगायतका युद्धग्रस्त क्षेत्रमा प्रयोग भएकोमा सन् २०१६ मा केन्यामा गोली छिरेर आठ सैनिकहरुको मृत्यू भएको समाचारहरु सार्वजनिकसमेत भएका थिए ।
केन्यामा भएको दुर्घटनापछि चिनियाँ प्राविधिक टोलीले एपीसी भेइकलहरूको प्राविधिक तथा भौतिक अवस्थाको निरीक्षण समेत गरेर कमजोरी रहेको पत्ता स्वीकारेको थियो ।
एपीसी मात्र होइन चीनबाट ल्याइएका विमानको हातल पनि त्यस्तै रहेको छ । नेपाल वायुसेवा निगमले चीनबाट आयातित ६ वटा विमानहरू रहेका छन् । तर ती विमानहरु पनि राम्रो नहुँदा नेपाल बायुसेवा निगमले घाटा व्यहोर्दै आइरहेको छ ।
वाई–१२ई विमानले उडान भर्न नसकिरहेको र निगमलाई अर्बौं घाटा परिरहेको स्रोतको भनाइ छ । चीनमा बनेका र त्यहाँबाट विभिन्न मुलुकहरूमा निर्यात भएका विमानहरूमा प्राविधिक दृष्टिले गम्भीर त्रुटि र कमजोरी हुने गरेको समाचारहरु बेलाबेलामा सार्वजनिक समेत हुने गरेको छ ।
प्रतिक्रिया