असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् –योगी विकाशानन्द « Khabarhub

असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् –योगी विकाशानन्द


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् ।

उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए ।

६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ ।

संसार बदल्नु छ भने शुरूवात आफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।

यी हुन् उनका १० माननीय भनाइहरु

१. असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुनै सक्दैनन् ।

२.बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरको बाबजुद पनि अघि बढ्न सक्छ ।

३. जसले आमाबुबालाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।

४. भिन्नै खाले राजनेता नभएसम्म भिन्नै खालको राजनीतिको संभावना छैन ।

५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

६. हामीलाई लामखुट्टे होइन हाम्रै अल्छाइले टोक्छ ।

७. सम्पत्ति नभएर गरिब भइदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

८. सबैभन्दा सस्तो औषधी हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधी खान बाध्य भइन्छ ।

९. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

१०. अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : २८ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ