मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई ३ हजार घुससहित पक्राउ गरेको थियो ।

अख्तियारले घुस लिने शाखा अधिकृत भट्टराईसहित घुस दिने किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई नियन्त्रणमा लिएको थियो ।

घुस लिने र दिनेहरुलाई पक्राउ गरेपछि शुरु गरिएको अनुसन्धानको शिलसिलमामा शाखा अधिकृत भट्टराईले रिकण्डिसन हाउसका मोटरसाइकल नवीकरण (रिन्यु) गर्ने प्रयोजनका लागि घुस लिने गरेको भेटिएको हो ।

अख्तियारले ३ हजार घुससहित पक्राउ परेका शाखा अधिकृत भट्टराईविरुद्ध ३ हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसारको जरिवाना र कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, शाखा अधिकृत भट्टराईलाई घुस दिने बिरेश अटो स्टेशनका किरण देउला, दीप इन्टरप्राइजेजका गणेशकुमार केसी खड्का, ब्रदर (ब्रो) रिकण्डिसन प्रालिका सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका उत्तम विक्रम शाहीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार ४ जनाविरुद्ध जनही ३ हजार रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ५५ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र