मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई ३ हजार घुससहित पक्राउ गरेको थियो ।

अख्तियारले घुस लिने शाखा अधिकृत भट्टराईसहित घुस दिने किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई नियन्त्रणमा लिएको थियो ।

घुस लिने र दिनेहरुलाई पक्राउ गरेपछि शुरु गरिएको अनुसन्धानको शिलसिलमामा शाखा अधिकृत भट्टराईले रिकण्डिसन हाउसका मोटरसाइकल नवीकरण (रिन्यु) गर्ने प्रयोजनका लागि घुस लिने गरेको भेटिएको हो ।

अख्तियारले ३ हजार घुससहित पक्राउ परेका शाखा अधिकृत भट्टराईविरुद्ध ३ हजार रुपैयाँ बिगो कायम गरी बिगोअनुसारको जरिवाना र कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, शाखा अधिकृत भट्टराईलाई घुस दिने बिरेश अटो स्टेशनका किरण देउला, दीप इन्टरप्राइजेजका गणेशकुमार केसी खड्का, ब्रदर (ब्रो) रिकण्डिसन प्रालिका सुरेश छुस्याकी र सिद्दी इन्टरप्राइजेजका उत्तम विक्रम शाहीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार ४ जनाविरुद्ध जनही ३ हजार रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ५५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र