सागकालागि विशेष सुरक्षा रणनीति तयार « Khabarhub

सागकालागि विशेष सुरक्षा रणनीति तयार


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताएका छन् ।

उक्त खेलकुद प्रचार प्रसार तथा प्रकाशन समितिद्वारा काठमाडौं कालिमाटिस्थित सोल्टी होटलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै सुरक्षा समितिका संयोजक समेत रहेका प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

साग गेमलाई सुरक्षित एवम् सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा निकायका सबै निकायहरुसँग समन्वय गरी बिशेष सुरक्षा रणनीति तयार पारिएको जानकारी दिँदै प्रहरी महानिरीक्षक खनालले विशेष अतिथिहरु तथा खेलाडीहरुलाई विमानस्थल, निवासस्थान खेलमैदानका साथै समारोहस्थलहरुमा समेत सुरक्षा व्यवस्था एवम् ट्राफिक व्यवस्थापन लगायतमा सुरक्षा योजना तयार गरिएको बताए ।

सम्भावित घटना तथा अवान्छित गतिविधिहरुको पहिचान गरी सूचना संकलन तथा विश्लेषण गरी कुनै पनि खेल प्रभावित हुन नदिन तत्काल परिचालन हुन सक्ने गरी सुरक्षाकर्मी तैनाथ गरिने र ठूलो संख्यामा खेल हेर्न आउने दर्शकको व्यवस्थापनको लागि आयोजकसँग समन्वय गरी काम गर्ने प्रहरी महानिरीक्षक खनालले बताए ।

साथै संवेदनशिल स्थानहरुमा स्ट्राइकिङ तथा रिजर्भ टोली तयारी अवस्थामा राखिने उनले उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा समन्वय डेक्स तथा खेल हुने सबै स्थानमा सुरक्षा कमाण्ड पोष्ट स्थापना गरिने बताउँदै प्रहरी महानिरीक्षक खनालले खेल अवधिभर सुरक्षाका विशेष संयन्त्र अपनाइने उल्लेख गरे ।

खेलकुद अवधिभर ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त व्यवस्थित र सुरक्षित बनाउन उपत्यकावासीसँग महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको अनुरोध सम्बन्धमा समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : १० बजे

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स

इन्धन राहतपछि जर्मनीको मूल्यवृद्धि दरमा कमी

एजेन्सी– जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौं– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको