अवैध लागूऔषधसहित काठमाडौंबाट ५ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित काठमाडौंबाट ५ जना पक्राउ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषधसहित काठमाडौंबाट ५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-४ धुम्वाराहीबाट अवैध लागूऔषध खैरो हेरोइन २.५ ग्राम, एम्फेटामाइन २२ ग्राम, यावा(एम्फेटामाईन) १८.५ ग्राम, कोकिन ३ ग्राम र २ थान डिजिटल तराजु सहित २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु नेले गाउँपालिका-७ ठेगाना भएका ४५ वर्षीय प्रशान्त राई र काठमाडौं महानगरपालिका-१३ ठेगाना भएका ३६ वर्षीय रिकेश भन्ने विकास लाल सिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले राईको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश १६ केजी ३ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर आग्रा नगरपालिका-२ बस्ने ५१ वर्षीय प्रताप मोक्तान र मकवानपुर थाहा नगरपालिका-७ बस्ने सन्तोष खत्री रहेका छन् ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले साथमा लुकाइछिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ०५ बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७