फेरि भारतसँग चुक्यो नेपाली महिला भलिबल टोली « Khabarhub

फेरि भारतसँग चुक्यो नेपाली महिला भलिबल टोली


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली देशहरुमा महिला भलिबल तर्फ पावर हाउसका रुपमा रहेको भारतसँग नेपाली राष्ट्रिय महिला भलिबल टोली पुन एक पटक चुकेको छ।

घरेलु दर्शनको साथ पाएको महिला टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुग्यो।

महिला भलिबल तर्फ नेपालले अहिलेसम्म कहिलै पनि भारतमाथि जीत हासिल गर्न सकेको छैन ।

बंगलादेशमा अघिल्लो महिना सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण जीतेको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदान उत्रिए पनि भारतसामू भने राम्रो लय समात्न सकेन ।

खेलको अन्तिम तथा निर्णायक सेटमा नेपालले भारतसँग कुनै पनि समय अग्रता बनाउन सकेन ।

नेपाललाई दोस्रो र तेस्रो सेटमा भारतले निरन्तर दबाबमा राखेको थियो। जसमा नेपाल अन्तिम सेटमा २५-१६ स्कोरमा पराजित भयो।

पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको नेपाल दोस्रो सेटमा २५-१२ को सोझो सेटमा पराजित हुन पुग्यो।

खचाखच भरिएको कभर्डहलमा हौसिएका नेपाली खेलाडीले पहिलो सेटमा १५-१५ स्कोरसम्म बराबरी खेलेपनि त्यसपछि लगतार अग्रता बनाएको थियो।
जसमा अन्तिमसम्म २४-२२ को अवस्थामा पुगेको खेलमा भारतले उत्कृष्ट कमब्याक गर्दै नेपालमाथि २६-२४ को जित हात पार्यो ।

नेपाली टोलीले बुधबार भएको पहिलो खेलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जीत हात पारेको थियो।

शुक्रबार हुने खेलमा भारतले बंगलादेशलाई पराजित गरे नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलका खेल शनिबार हुनेछन्।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : २८ बजे

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा