फेरि भारतसँग चुक्यो नेपाली महिला भलिबल टोली | Khabarhub Khabarhub

फेरि भारतसँग चुक्यो नेपाली महिला भलिबल टोली


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली देशहरुमा महिला भलिबल तर्फ पावर हाउसका रुपमा रहेको भारतसँग नेपाली राष्ट्रिय महिला भलिबल टोली पुन एक पटक चुकेको छ।

घरेलु दर्शनको साथ पाएको महिला टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित हुन पुग्यो।

महिला भलिबल तर्फ नेपालले अहिलेसम्म कहिलै पनि भारतमाथि जीत हासिल गर्न सकेको छैन ।

बंगलादेशमा अघिल्लो महिना सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण जीतेको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदान उत्रिए पनि भारतसामू भने राम्रो लय समात्न सकेन ।

खेलको अन्तिम तथा निर्णायक सेटमा नेपालले भारतसँग कुनै पनि समय अग्रता बनाउन सकेन ।

नेपाललाई दोस्रो र तेस्रो सेटमा भारतले निरन्तर दबाबमा राखेको थियो। जसमा नेपाल अन्तिम सेटमा २५-१६ स्कोरमा पराजित भयो।

पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको नेपाल दोस्रो सेटमा २५-१२ को सोझो सेटमा पराजित हुन पुग्यो।

खचाखच भरिएको कभर्डहलमा हौसिएका नेपाली खेलाडीले पहिलो सेटमा १५-१५ स्कोरसम्म बराबरी खेलेपनि त्यसपछि लगतार अग्रता बनाएको थियो।
जसमा अन्तिमसम्म २४-२२ को अवस्थामा पुगेको खेलमा भारतले उत्कृष्ट कमब्याक गर्दै नेपालमाथि २६-२४ को जित हात पार्यो ।

नेपाली टोलीले बुधबार भएको पहिलो खेलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जीत हात पारेको थियो।

शुक्रबार हुने खेलमा भारतले बंगलादेशलाई पराजित गरे नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलका खेल शनिबार हुनेछन्।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : २८ बजे

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा

काठमाडौं – सरकारले संघीय संसद्‌को बर्खे अधिवेशन वैशाख २५ गते

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई