उपनिर्वाचन हुने क्षेत्रको सुरक्षामा कडाइ « Khabarhub

उपनिर्वाचन हुने क्षेत्रको सुरक्षामा कडाइ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको–४ एवं ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार उपनिर्वाचन हुने क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मौन अवधि शुरु भइसकेकाले ती क्षेत्रमा अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि प्रहरीको गस्तीमा कडाइ गरिएको छ ।

यस अवधिमा पाँच जनाभन्दा बढी एकै ठाउँमा बस्न र हिँडडूल गर्न प्रतिबन्ध लगाइएको छ । सबै निर्वाचन स्थलहरुमा सुरक्षा पोष्ट खडा गरी प्रहरी बसिसकेको उहाँले जानकारी दिए ।

ती क्षेत्रहरुमा सवारीसाधनबाट गस्ती, पैदल गस्ती तथा आकस्मिक जाँच शुरु गरिएको छ । प्रजिअ बस्नेतका अनुसार शुक्रबार साँझ ६ बजेबाट मतपत्र नउठाउँदासम्म ती क्षेत्रहरुमा प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिँदै छ । सो समयमा अनुमति लिएकाले मात्र निर्वाचन क्षेत्रमा सवारी चलाउन पाइने उनले जानकारी दिए ।

निर्वाचन हुने क्षेत्रहरुमा बुधबार साँझबाट नै मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

प्रजिअ बस्नेतले निर्वाचनपूर्व गरिने सुरक्षाका सम्पूर्ण कार्य भइरहेको बताए । मतदानका दिन निर्वाचनस्थल भित्र नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यसबाहिर नेपाली सेनाले सुरक्षा दिने छ ।

ती सबै क्षेत्रमा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिएका छन् । एउटा मतदान केन्द्रमा ११ जना नेपाल प्रहरी परिचालन भएका छन् । प्रजिअ बस्नेतका अनुसार कुनै पनि स्थानमा अप्रिय घटना भएमा पाँच मिनेटभित्र पुग्न सक्नेगरी मोबाइल टिम परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उपनिर्वाचन जिल्ला सुरक्षा कमाण्ड पोष्ट र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन सेल गठन गरी काम भइरहेको छ ।

जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन बाहिरबाट समेत नेपाल प्रहरी झिकाइएको बस्नेतले जानकारी दिए । निर्वाचन स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “सुरक्षा व्यवस्था मजबुत भएकाले निर्धक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्दछु । ”

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार सबै कर्मचारी मतदानस्थलमा पुगेका छन् । उनीहरुले परिचयपत्र वितरण र मतदान केन्द्र निर्माणको काम शुरु गरेका छन् । जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । तीन वठा वडामा पाँच वटा राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : १५ बजे

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस