उम्मेदवारको घरमा बम विस्फोट | Khabarhub Khabarhub

उम्मेदवारको घरमा बम विस्फोट


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम –निर्वाचनको दुई दिन अघि उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको हो । महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट भएको हो ।

बिहीबार अपरान्ह पौने ५ बजे बम विस्फोट भएको छ। गाउँपालिका–४ स्थित उनको घरपछाडि बम विस्फोट भएको र विस्फोटबाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बम विस्फोट भएको स्थानमै चौधरीले चुनावी प्रचार–प्रसार र व्यवस्थापनका लागि कार्यालय समेत संचालन गरेका थिए । ठूलो आवाजसहित बम विस्फोट भएको थियो । उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विस्फोट भएको हो।

विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ। महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कुकर बम विस्फोट भएको अनुमान गरेको छ ।
मंसिर १४ अर्थात शनिवार उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : १४ बजे

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित