आगोको राप धुरी कटाउँदै सकियो फुटुक पर्व « Khabarhub

आगोको राप धुरी कटाउँदै सकियो फुटुक पर्व


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धुमधामका साथ मनाइएको छ ।

परापूर्व कालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा यो वर्ष विदेशी पाहुनासमेत पुगेका थिए । यो वर्षको फुटुक पर्व मनाउन स्वदेशी तथा विदेशी गरी सयौँको सङ्ख्यामा ओलाङचुङगोलामा मानिस जम्मा भएको स्थानीय टाँसी शेर्पाले बताए । कृष्ण पक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन सकिने गर्छ ।

पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिसहरू अनिवार्य जम्मा हुने गरेका छन् । पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन् । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । यस्तै आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले बताए ।

यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् । यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् ।

लामाको नृत्य हेर्न साथै भगवान्को आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बस्छन् । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।

फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ । पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस जाने गरेका छन् । ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा छ ।

निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको बताइन्छ । चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस गाउँमा ५६ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा ११ घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट सवारीसाधनमा र हिँडेर गरी दुई दिनको समयमा पुगिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ११ : ०१ बजे

एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै

झापा– नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं– आज ‘विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय’ दिवस हो ।

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?

काठमाडौं – कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले

विश्वकप : अभ्यासमा व्यस्त नेपाल, बिहीबार इटालीसँग भिड्दै

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले