सवारी दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र ना.४७ प ५७६६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक बारा घर भएका ५५ वर्षीय मुक्तिनारायण साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१० स्थित सडकमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२१ बस्ने २५ वर्षीय संदिप घिमिरे र स्कुटरमा सवार २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ६ : ३० बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी