पोखरा सडक महोत्सव आजदेखि « Khabarhub

पोखरा सडक महोत्सव आजदेखि


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव आज(शनिबार)देखि शुरु हुँदैछ ।

पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सडकमै खाऊँ सडमै नाचौँ र सडकमै रमाऊँ’ भन्ने नारासहित विगत २१ वर्षदेखि रेवान पोखराले महोत्सवको आयोजना गर्दै आएको हो ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, विभिन्न देशका खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, कृषि उपज प्रदर्शनी साथै पोखराका रमणीयस्थलको वृत्तचित्रसमेत प्रदर्शनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

बरालले पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

रेवानका अध्यक्ष भीमसेन भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा पुर्‍याउन सफल भएको भन्दै यो वर्षको सडक महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्न भूमिका खेल्ने विश्वास गरे ।

गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले थप रौनकता प्रदान गर्ने उनको भनाइ छ । उनले महोत्सवले पोखराको करिब १० देखि १५ करोडको कारोवार हुने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ६ : २३ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२