थाहा पाउनुहोस पानी पिउँदाका फाइदा « Khabarhub

थाहा पाउनुहोस पानी पिउँदाका फाइदा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पानी, जिन्दगानी ! जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ ।

उपयुक्त तरिकाले पानी पिउने बानीको विकास भयो भने रोग टाढा भाग्ने र सामान्य रुपमा डाक्टरलाई भेट्न जानै नपर्ने अवस्था आउने पनि चिकित्सकहरुले बताउँदै आएका छन् ।

तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ । चिकित्सकहरुको सल्लाहा अनुसार, प्रत्येक दिन कम्तिमा ठूलो गिलास (५०० एमएल)को ८ गिलास अर्थात् ४ लिटर शुद्ध पानी पिउनु पर्छ । तर, यो पानी पिउने पनि समय हुन्छ । यहाँ हामीले पानी कुनबेला कति पिउने भनेर केही सुझाव उल्लेख गरेका छौं ।

– चिकित्सकहरुका अनुसार, विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । विहानै पिएको पानीले शरीरका अंगहरुलाई क्रियाशिल हुन मद्दत गर्छ ।

– हामीले खाना खानु भन्दा कम्तिमा ३० मिनेट अगाडि १ गिलास पानी पिउनु पर्छ । यसो गर्दा हामीले खाएको पानीले पाचन प्रणालीलाई सहयोग पुर्‍याउँछ ।

– चिकित्सकहरुका अनुसार, खाना खाइसकेपछि करिब आधा घण्टापछि एक गिलास पानी पिउनु पर्छ, यसरी पानी पिउँदा शरीरको पाँचन शक्तिलाई सहयोग गर्छ ।

– नुहाउने समय भएको छ या नुहाउन जाँदै हुनुहुन्छ भने त्यो भन्दा पहिले पनि एक गिलास पानी पिउनु लाभदायक मानिन्छ । जसले रक्तचापको स्तर सन्तुलनामा राख्न मद्दत गर्छ ।

– राति सुत्नु भन्दा अघि एक गिलास पानी पिउनु पनि स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसले रातीको समयमा शरीरमा हुने पानीको नोक्सानको पूर्ति गर्छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : १० बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।