थाहा पाउनुहोस पानी पिउँदाका फाइदा « Khabarhub

थाहा पाउनुहोस पानी पिउँदाका फाइदा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पानी, जिन्दगानी ! जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ ।

उपयुक्त तरिकाले पानी पिउने बानीको विकास भयो भने रोग टाढा भाग्ने र सामान्य रुपमा डाक्टरलाई भेट्न जानै नपर्ने अवस्था आउने पनि चिकित्सकहरुले बताउँदै आएका छन् ।

तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ । चिकित्सकहरुको सल्लाहा अनुसार, प्रत्येक दिन कम्तिमा ठूलो गिलास (५०० एमएल)को ८ गिलास अर्थात् ४ लिटर शुद्ध पानी पिउनु पर्छ । तर, यो पानी पिउने पनि समय हुन्छ । यहाँ हामीले पानी कुनबेला कति पिउने भनेर केही सुझाव उल्लेख गरेका छौं ।

– चिकित्सकहरुका अनुसार, विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । विहानै पिएको पानीले शरीरका अंगहरुलाई क्रियाशिल हुन मद्दत गर्छ ।

– हामीले खाना खानु भन्दा कम्तिमा ३० मिनेट अगाडि १ गिलास पानी पिउनु पर्छ । यसो गर्दा हामीले खाएको पानीले पाचन प्रणालीलाई सहयोग पुर्‍याउँछ ।

– चिकित्सकहरुका अनुसार, खाना खाइसकेपछि करिब आधा घण्टापछि एक गिलास पानी पिउनु पर्छ, यसरी पानी पिउँदा शरीरको पाँचन शक्तिलाई सहयोग गर्छ ।

– नुहाउने समय भएको छ या नुहाउन जाँदै हुनुहुन्छ भने त्यो भन्दा पहिले पनि एक गिलास पानी पिउनु लाभदायक मानिन्छ । जसले रक्तचापको स्तर सन्तुलनामा राख्न मद्दत गर्छ ।

– राति सुत्नु भन्दा अघि एक गिलास पानी पिउनु पनि स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसले रातीको समयमा शरीरमा हुने पानीको नोक्सानको पूर्ति गर्छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्