संसदमा भाँडभैलो गरेपछि विपक्षी नेता पक्राउ « Khabarhub

संसदमा भाँडभैलो गरेपछि विपक्षी नेता पक्राउ


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

धार्मिक स्वतन्त्रता सम्वन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए ।

नयाँ कानुनमा समावेश गरिएको चर्च सम्वन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षका बीचमा विवाद रहेको छ ।

संसदमा बिहीबार विवाद भएकोमा राती अबेरसम्म पनि त्यो साम्य भएको थिएन । विपक्षी दल डेमोक्र्याटिक फ्रन्टका सांसदहरुले विवादास्पद कानुन पारित नगर्न दवाव दिएका थिए ।

विधेयकमा विपक्षीहरुले संशोधन प्रस्ताव दर्ता समेत अस्विकृत भएपछि उनीहरुले संसदको बैठक कक्षमै माइक तोडफोड गर्ने, अरु पार्टीका नेताहरुलाई भौतिक आक्रमण गर्नेलगायतका हिंसात्मक गतिविधि गरेका थिए ।

नियन्त्रणमा लिइएका विपक्षी नेताहरु मिलान क्नेजेभिक, अन्द्रीजा मान्डीकलाई शुक्रबार विहान भने छाडिदिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : ४३ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने