देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल पक्षको बैठक « Khabarhub

देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल पक्षको बैठक


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्ष छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्ष अनुपस्थित भएको केन्द्रीय कार्यसमिति बैठकबाट शुक्रवार आफ्नो कार्यकाल एक वर्ष थप गरेपछि असन्तुष्ट पक्ष थप छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहितका असन्तुष्ट पक्ष अनुपस्थित भएको केन्द्रीय समिति बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ को फागुनमा गर्ने निर्णय गरेका थिए ।

सभापति देउवाले एकतर्फी निर्णय गर्दै कार्यकाल थप गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भेला भएका हुन् ।

बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु पछिल्लो परिस्थिति बारे छलफलमा जुटेका हुन्‌ । बैठकमा नेताहरुबीच सभापति देउवासँग प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा समेत नजाने निर्णय भएको छ ।

नेपाली कांग्रेसमा वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दल, विभागको संख्या लगायतमा असन्तुष्ट रहँदै आएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  २ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको