बैठकमा नआउनेले पार्टीले गरेको निर्णय मान्दिन भन्न मिल्दैन : महत « Khabarhub

बैठकमा नआउनेले पार्टीले गरेको निर्णय मान्दिन भन्न मिल्दैन : महत


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले शुक्रवार गरेका निर्णयका बारेमा कसैलेपनि असहमति राख्नुपर्ने कारण नरहेको दाबी गरेका छन् ।

शनिवार राजधानीमा आयोजना एक साक्षात्कार कार्यक्रममा नेता महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको दाबी गरे ।

‘हिजो बसेको केन्द्रिय कार्यसमिति बैठकमा उपस्थिति सदस्यहरुले सर्वसम्मतीले २०७७ फागुन ७ गतेदेखि फागु १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । यो समग्र पार्टीको चाहना हो ’उनले भने ।

नेता महतले सोहीअनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिकापनि सार्वजनिक गरिएको सुनाए । हिजोको बैठकले विभागको संख्या थप्नेपनि निर्णय गरेको र बढिभन्दा बढि साथीहरुलाई जिम्मेवारी दिने उद्देश्य राखेको पनि महतले स्पष्ट पारे ।

उनले भने,‘यसमा पनि कसैको असहमति हुनुपर्ने कुनै कारण म देख्दिन् । बरु, हिजोको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय गर्न सकिएन । यसबारेमा केही असहमति बाँकी भएकाले हिजो नेविसंघबारे निर्णय नभएको हो ।’

केन्द्रिय कार्यसमितिको बैठकले पारित गरेका निर्णयका बारेमा असहमति गर्ने विषय केही पनि नभएको उनको जिकिर छ ।

उनले थपे,‘तरुण दलको ६ महिना म्याद थप गर्ने निर्णय उहाँहरुको पनि हो, विषयलाई ठूलो बनाउनुहुँदैन् । उहाँहरु बैठकमा नआउनुको कारण केही पनि थिएन् । आफू बैठकमा नआउने अनि पार्टीले गरेको निर्णय मान्दिन भन्नुहुँदैन् ।’ उनले हिजोको बैठकमा जे निर्णय भएका छन् ती सबै समग्र पार्टी पँक्तिको भावनालाई ध्यानमा राखेर भएको पनि सुनाए । उनले भने,‘पार्टीको अधिवेशनलगायतका विषयमा हिजो जे जति अन्यौलता थिए, अब ती सबै अन्यौलताहरु समाप्त भएका छन् ।’

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १० : ०५ बजे

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

सुनसरी– सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको

सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाको शीर्ष नेतृत्वले प्रतिनिधि पठाए, श्रम संस्कृति गएन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

२१ औँ अन्नपूर्ण बुद्धिचाल प्रतियोगिता सम्पन्न

काठमाडौँ – २१ औँ अन्नपूर्ण चेस प्रतियोगिताको विभिन्न उमेर समूहमा