पारसको कप्तानीमा चितवनले जित्यो पोखरा प्रिमियर लिगको उपाधि | Khabarhub Khabarhub

पारसको कप्तानीमा चितवनले जित्यो पोखरा प्रिमियर लिगको उपाधि


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो ।

प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ ।

शुरुवाती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए । चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिएका थिए ।

चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरे । मुस्ताफाले ४३ बलमा ५० रन जोडे । भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिए ।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिए । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई/दुई तथा किशोर महतोले एक विकेट लिए ।

चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ३ : २७ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला