पारसको कप्तानीमा चितवनले जित्यो पोखरा प्रिमियर लिगको उपाधि | Khabarhub Khabarhub

पारसको कप्तानीमा चितवनले जित्यो पोखरा प्रिमियर लिगको उपाधि


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो ।

प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ ।

शुरुवाती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए । चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिएका थिए ।

चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरे । मुस्ताफाले ४३ बलमा ५० रन जोडे । भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिए ।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिए । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई/दुई तथा किशोर महतोले एक विकेट लिए ।

चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ३ : २७ बजे

प्रहरीले भन्यो : टिकट नहुनेहरूले कीर्तिपुर स्टेडियमतिर नजानू

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो

सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– पछिल्लो समयमा बढ्दो मानवीय आवागमनका तथा उच्च जनसङ्ख्याका कारण

उत्कृष्ट करदाताको सम्मानपछि मीनबहादुरले भने : राज्यलाई कर तिरेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छाको कुरा हो

काठमाडौं- कर दिवसका अवसरमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सबै

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

कर्णाली– कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति

कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको निरीक्षण, बिदाको समयमा पनि सेवा प्रवाह गर्न निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले कान्ति