साताको शेयर बजार : झण्डै तीन अर्बको कारोवार « Khabarhub

साताको शेयर बजार : झण्डै तीन अर्बको कारोवार


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो ।

साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भए ।

नेप्सेका अनुसार साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भयो । कूल १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता शेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४६५ मूल्यमा खरिद–बिक्री भए ।

सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १६८.५८ मा पुग्यो । कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर रु ५९ करोड ५७ लाख ६४ हजार ५४४ बराबरको कारोवार भए ।

मङ्गलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुग्यो । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरिदबिक्री भए ।

बुधबार नेप्से १.८२ अङ्कले बढेर ११६८.०३ मा पुग्यो । कूल १७५ कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता शेयर ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँमा कारोवार भए ।

बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा कारोवार भए ।

साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३१९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ४ : ३० बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार