पुसको चिसोमा बिहानै नदी किनारमा सफाइ अभियानकर्मी « Khabarhub

पुसको चिसोमा बिहानै नदी किनारमा सफाइ अभियानकर्मी


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुसको चिसोको समेत बेवास्ता गर्दै वाग्मती सफाइ अभियानकर्मी थापाथलीस्थित कालमोचनघाटमा जम्मा हुँदै थिए सफाइ महाअभियानको ३४६औँ हप्ताको सफाइ अभियान चलाउन ।

पुसको चिसोमा पनि तीनवटै सुरक्षा निकायसहित ३५० भन्दा बढी अभियानकर्मी उपस्थित थिए नदी किनारमा ।

उमेरले अधिकांशको उमेर ५० नाघेको थियो । यो समूहले आजको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरेको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०८ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ स्थित हनुमानवाटिका मुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा भएको यस क्षेत्रको सफाइमा नदी किनारमा असरल्ल फालिएका फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।

सफाइका क्रममा नदी क्षेत्रलाई प्रहरीले निगरानी गर्ने र यस क्षेत्रमा नगरपालिका–५ ले सिसी क्यामेरा राख्ने सहमति भएको उनले बताए । सफाइपछि मञ्चका अभियानकर्मी पशुपतिबाट वसन्तपुरसम्मको सम्पदा सफाइको चेतना जगाउन आयोजित पदयात्रामा सहभागी भएको जनाइएको छ ।

रुद्रमती सफाइको २९७औँ हप्तामा रातोपुलबाट पशुपति क्षेत्रसम्म सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहितका अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । सफाइ समूह पशुपतिबाट वसन्तपुरसम्मको सम्पदा पदयात्रामा सहभागी भएको थियो ।

विष्णुमती सफाइ अभियानको २७३औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका– ९ को सङ्गमस्थित सिद्धेश्वर मन्दिर क्षेत्रको नदी किनारमा सफाइ गरियो । तीनवटै सुरक्षा निकायसहित स्थानीय संस्था एवं स्थानीयवासीको सहभागिता सफाइमा रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

सफाइमा जापानी नागरिक इवाओ कोचिहिरासहित आठ पाहुना पनि रमाउँदै सहभागी भएका थिए । जापानीको यो समूहले यसअघि विष्णुमती सफाइका लागि सामग्रीसमेत सहयोग गरेका थिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले देशभरका १०६ भन्दा बढी स्थानमा स्वतस्फूर्त सफाइ अभियान चलाउन प्रेरणा दिएको छ । यसैगरी आज उपत्यकाका चक्रपथ उत्तर र पश्चिम, तिलगङ्गा, सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान चलाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ४ : ५९ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।