उपत्यकाको तापक्रम न्यून « Khabarhub

उपत्यकाको तापक्रम न्यून


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।

शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताए । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने मौसमविद्को भनाइ रहेको छ ।

आज दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमाी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुङ्गाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ५ : १० बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का