भ्रमण वर्ष २०२० : चाँगुनारायण नगरकोट पदयात्रा « Khabarhub

भ्रमण वर्ष २०२० : चाँगुनारायण नगरकोट पदयात्रा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिवार चाँगुनारायण नगरकोट पदयात्रा सम्पन्न गरेको छ ।

भ्रमण वर्षका लागि पदमार्गको पहिचान गरी विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म आयोजना गरिएको पदयात्राको ३ नं प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्दै अथाह पर्यटकीय सम्भावना बोकेको भक्तपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन सबै लाग्नुपर्ने बताए ।

चाँगुनारायण मन्दिरबाट शुरु भएको आठ किलोमिटर लामो पदयात्रा सहभागी स्वदेशी तथा विदेशी पर्यटकले यहाँका विभिन्न सम्पदा क्षेत्र, हिमाली दृश्य, ग्रामीण परिवेश, जङ्गली पशुपक्षीको अवलोकन गर्दै नगरकोट पुगेर सम्पन्न भएको समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

उनले आगामी जनवरी १ मा नगरकोटबाट ‘सूर्यको पहिलो झुल्को’ भन्ने नाराका साथ कार्यक्रम गरिने र आगामी माघ ११ गतेदेखि तीन दिनसम्म नगरकोट महोत्सव आयोजना गरिने पनि बताए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ४९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी