अनुत्पादक क्षेत्रमा सरकारी ढुकुटीको प्रयोग, प्रधानमन्त्री र मन्त्रीको भ्रमणमा धेरै खर्च « Khabarhub

अनुत्पादक क्षेत्रमा सरकारी ढुकुटीको प्रयोग, प्रधानमन्त्री र मन्त्रीको भ्रमणमा धेरै खर्च



काठमाडौं– खर्चमा मितव्ययिता बनाउने सरकारी अभियान नारामा मात्र सीमित भएको छ ।

अनावश्यक खर्च नगर्ने प्रतिबद्धता जनाउ‘दै कर्मचारीको विदेश भ्रमणलगायतका सेवासुविधा कटौती गरेको सरकारले सबैभन्दा धेरै खर्च बिदेश भ्रमणमै गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली कै नाममा बिदेश भ्रमणको खर्च २ करोड बढी रहेको अर्थमन्त्रालयले जनाएको छ ।

त्यसो त सरकारले फागुन महिनामामात्र १ करोड २० लाखभन्दा बढी आर्थिक सहायता बॉडेको छ ।

कसले कति बॉड्यो पैसा

आर्थिक सहायताका नाममा पैसा बाड्ने मन्त्रालयको सूचीमा गृहमन्त्रालय अग्रह भागमा देखिएको छ । गृहले विभिन्न शीर्षकमा ६३ लाखभन्दा बढी रकम बॉडेको छ ।

दैलेखमा विभिन्न क्षेत्रमा ४४ जनालाई १० लाख बॉडेको गृहले स्वर्गीय पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतको उपचार शीर्षकमा पैसा बॉडेको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै लालबाबु पण्डित नेतृत्वको संघीय मामिला तथा सामान्य मन्त्रालयले ४ लाख रुपैयॉ रकम बॉडेको छ भने उपेन्द्र यादव नेतृत्वको स्वास्थ्य मन्त्रालयले ६ लाख २० हजार रकम आर्थिक सहायताका नाममा वितरण गरेको छ ।

त्यस्तै शहीद शुक्रराज शास्त्रीको जन्म सताब्दी मनाउन पर्यटन मन्त्रालयले पुष्पलाल स्मृति प्रतिष्ठानलाई ५ लाख रुपैयॉ आर्थिक सहायता दिएको थियो ।

सरकारले निर्णय गरेर बॉडेको रकम विवरण हेर्नुहोस्

प्रधानमन्त्रीको भ्रमणमा झण्डै २ करोड खर्च

नेता तथा कर्मचारीको भ्रमणमा राज्यको सम्पत्ति खर्च नगर्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले नेतृत्व गरेको भ्रमणमा झण्डै २ करोड रुपैयॉ खर्च गरेका छन् ।

स्वीटजरल्याण्डको डाभोसमा प्रधानमन्त्री ओली नेतृत्वमा गएको सरकारी प्रतिनिधिमण्डलले १ करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैया खर्च गरेको थियो ।

भारतको दिल्लीमा भएको अन्तर्राष्ट्रिय तेल तथा ग्याँस सम्मेलनमा सहभागी हुन गएका मन्त्री मातृका यादव नेतृत्वको सरकारी टोलीले सरकारी खाताबाट २ लाख ६६ हजार ६ सय ५१ रुपैया खर्च गरेको थियो ।

फागुन महिनामै भारत भ्रमणमा गएको स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले २ लाख ६१ हजारभन्दा बढि रकम खर्च गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन इटाली गएको कृषिमन्त्री बलदेव खनाल नेतृत्वको टोलीले ९ लाख १९ हजार ३ सय ६४ रुपैया खर्च गरेको थियो ।

त्यस्तै निक्कै विवादित बनेको एसिया प्यासिफिक समीटमा सहभागि हुन आएका विदेशी पाहुनाको स्वागतका लागि सरकारी ढुकुटीबाट ३० लाख १० हजार रुपैया खर्च गरेको छ । यो समीटको व्यवस्थापनका गर्न सरकारले खर्च गरेको थियो । तर, सरकारले समीटमा सरकारी खर्च नभएको दाबी गरेको थियो ।

पानीजहाजका नाममा करोडबढी खर्च

सरकारले पानीजहाजको कार्यालय खोल्नका लागि मात्र १ करोड १२ लाख ५० हजार रुपैया खर्च गरेको छ । त्यस्तै ८९ लाख ५० हजार रुपैया भैपरी आउने खर्चबाट रकमान्तर गरेको सरकारले दैवी प्रकोप राहत तथा पुर्नस्थापनाका लागि विनियोजन गरेको शीर्षकबाट २३ लाख रुपैयॉ दिएको छ ।

झापाको कन्काई, रुतुवा, विरिङ, कमललगायतका नदीमा तटबन्ध लगाउन १० करोड रुपैया खर्चिएको छ । त्यस्तै सरकारले प्रहरी भर्नाका लागि पाठ्यक्रम परिवर्तन गर्ने समितिका नाममा पनि १४ लाखभन्दा बढि रकम दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : २८ बजे

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन