अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गरिने « Khabarhub

अब विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गरिने


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको कान्तिपुर दैनिकमा खबर छ।

एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझावसमेत छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ ।

शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो ।

अध्ययनपछि सांसद उमेश श्रेष्ठको संयोजकत्वको ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ग्रेड ल्याए त्यस्ता विद्यालयलाई थप बजेट दिनुपर्ने उल्लेख छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई कुल बजेटको ५ देखि १० प्रतिशतसम्म प्रोत्साहन तथा भौतिक पूर्वाधार विकासका लागि रकम दिनुपर्ने सांसदहरूको तर्क छ ।

नक्कली बयान सफाइ नै दुखाई शीर्षकको समाचार करिब २ वर्षअघि मरणासन्न हुने गरी श्रीमानबाट कुटिएकी दोलखा बिगुकी मतिरा खड्का उपचारपछि अहिले काठमाडौं जडीबुटीस्थित डेरामा छिन् । उनी नयाँ मानिस देख्नेबित्तिकै झस्किन्छिन् । टाउकोमा बाँधेको पट्टी खोल्दै, कस्दै र खुकुलो पार्दै गरेकी हुन्छिन् ।

श्रीमान सुन्दर जिसीले ढुंगाले टाउकोमा प्रहार गर्दा बेहोस बनेकी उनी १० दिनसम्म बेहोस भएकी थिइन् । अहिले उपचारपछि पुनःजीवन पाएकी छन् ।

३० खर्बको खोजी शीर्षकको अर्को समाचारमा लगानी सम्मेलनमा सरकारी ५०, निजी २७ आयोजना सोकेस गरिने, ४० बढी देशका ६ सय बढी सहभागी हुने, लगानी सम्मेलनबाट ३० खर्बको खोजी गरिने, लगानी क्षेत्रका चुनौती र अवसरबारे १० वटा सत्रमा बहस हुने लगायतका विषय समावेश गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ६ : ३१ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा