एमले महाधिवेशन प्रतिनिधि छनोट : मकवानपुर अध्यक्ष र धनगढीकी उपमेयर पराजित « Khabarhub

एमले महाधिवेशन प्रतिनिधि छनोट : मकवानपुर अध्यक्ष र धनगढीकी उपमेयर पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष नै पराजित भएका छन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार मकवानपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहण लामा चयन भए ।

यहाँबाट एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सडक दुर्घटनामा परेपछि अस्पतालमा उपचाररत उनले वारेसमार्फत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए पनि जित निकाल्न सकेनन् ।

धनगढीकी उपमेयर पराजित
एमालेको एघारौँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा भएको महाधिवेशन प्रतिनिधि चुनावमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना पराजित भएकी छिन् ।

उनी पराजित भएको महिलाको क्लस्टरमा रुक्मणी देवकोटा र अम्बिका विष्ट मल्ल विजयी भएका छन् । कन्दकलाले ३८३ मत ल्याउँदा अम्बिकाले ५९१ र रूक्मणिले ५७१ मत ल्याएका छन् ।

यहाँ खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, यज्ञराज ढुंगाना र विष्णुकुमार चन्द विजयी भए । उता ४० वर्षमुनिको युवामा तीर्थराज भट्टराई विजयी भए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : १५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम

प्रहरीका एसपी अमरेन्द्र सिंहलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी

काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल

काठमाडौँ – काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा