सवैभन्दा बढी भ्रष्टाचार स्थानीय निकायमा, लिन्छन् मृतककै नामको भत्ता « Khabarhub

सवैभन्दा बढी भ्रष्टाचार स्थानीय निकायमा, लिन्छन् मृतककै नामको भत्ता


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा संघीयता लागू भएपछि सवैभन्दा बढी भ्रष्टाचार स्थानीय नियकायमा हुने गरेको पाइएको छ । धेरैजसो हिनामितना सामाजिक भत्तामा भेटिएको अख्तियारले औल्याएको छ ।

६ महिनाको अवधिमा मात्रै स्थानीय तहका ३ हजार ६ सय उजुरी अख्तियारको छानविनको घेरामा रहेको आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ ।

त्यसैगरी पत्रिकाले शुक्रबारदेखि हुन लागेका लगानी सम्मेलनको समाचारलाई पनि पहिलो पृष्ठमा स्वदेशी–विदेशी लगानीकर्ता ‘सञ्जालीकरण’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै सम्मेलनमा ७ हजार सुरक्षाकर्मी परिचालन गरिने उल्लेख गरेको छ ।

बाग्मतीको १ सय ८८ रोपनी जग्गा विवादको समाचारलाई पनि राजधानीले प्राथमिकता दिएर ‘२२ वर्षदेखि सुल्झने अर्बौंको मुआब्जा विवाद’ शीर्षकमा समाचार छापेको छ । सरकारी लापरबाहीका कारण विवाद सुल्झन नसकेको उल्लेख गरेको छ ।

पत्रिकाले कर्मचारी समायोजनको समाचार ‘तीन दिनभित्रै २८ हजारको समायोजन’ शीर्षकमा छापेको छ । बुधबार साँझसम्म ६० हजार ६ सयको समायोजना भएको उल्लेख गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको तीन दिनभित्र २९ हजार कर्मचारीको समायोजन गर्ने गरी अन्तिम गृहकार्य अघि बढाएको उल्लेख गरेको छ ।

पत्रिकाले कर्मचारी प्रशासन हाँक्ने नयाँ कानून खोइ ? भन्ने शीर्षकमा सम्पादकीय लेखेको छ । निजामती प्रशासनलाई स्थायी सरकार रुपमा लिने गरिन्छ । सरकारको सफलता र असफलता निजामती प्रशासनको कार्यशीली र व्यवहारमा निर्भर रहन्छ ।

मुलुक संघीय शासनमा प्रवेश गरेको तीन वर्ष बितिसकेको छ, तर विडम्वना यहाँको निजामती प्रशासन भने २०४९ सालमा बनेको निजामती सेवा  ऐन नअनुसार नै सञ्चालन भइरहेको छ । सकारले निजाती प्रशासन हाँक्ने नयाँ कानून कहिले बनाउने भन्ने आशयको सम्पादकीले लेखेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ६ : १० बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक