पञ्जावविरुद्धको खेलमा नायक बने कलकत्ताका आन्द्रे रुसेल « Khabarhub

पञ्जावविरुद्धको खेलमा नायक बने कलकत्ताका आन्द्रे रुसेल


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-इन्यिडन प्रिमियर लिग (आईपीएल) मा कलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जीत हात पार्दा किङ्स ११ पञ्जाव पराजित भएको छ । बुधबार राति कलकत्ताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा घरेलु टोली कलकत्ताले पाहुना पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कलकत्ताले दिएको २ सय १९ रनको लक्ष्य पाएको पञ्जावले निर्धारित २० आभेर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ९० रन मात्रै बताउन सक्यो ।

पञ्जावलाई १९० रनमा रोक्न कलकत्ताका लागि वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रुसेलले अलराउण्ड प्रदर्शन गरे । उनले पञ्जावविरुद्ध ३ ओभर बलिङ गरेर २१ रन खर्चेर २ विकेट लिएका थिए ।

कलकत्ताले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गर्दा पनि आन्द्रे रुसेलले अलराउण्ड प्रदर्शन गरेका थिए । उनले हैदरावादविरुद्ध ब्याटिङमा ४९ रन बनाएका थिए भने बलिङ तर्फ समान २ विकेट लिएका थिए ।

यस्तै, पञ्जावका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

पञ्जावका लागि अविजित रहेका डेभिड मिलरले ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, मयाङ्क अग्रवालले ६ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाएका थिए ।

त्यस्तै, अविजित रहेका अर्का ब्याट्सम्यान मपन्दप सिंहले ३३ रन, क्रिस गेलले २० तथा सरफराज खानले १३ रन बनाए ।

पञ्जावविरुद्ध कलकत्ताका अलराउण्डर आन्द्रे रुसेलले उत्कृष्ट बलिङ गरे । उनले ३ ओभर बलिङ गरेर २१ रन खर्चदै २ विकेट लिएका थिए । यस्तै, लोकीइ फार्गुसन र पीयुस चावलाले समान एक-एक विकेट लिएका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको कलकत्ताका लागि रोविन उत्थपा र नितेश रानाले अर्धशतक पुरा गर्दै पञ्जावविरुद्ध १ सय १८ रन बनाउन योगदान दिएका थिए । जसमा रोविन उथ्थपाले ६ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाए भने रानाले ७ छक्का र २ चौकाको सहयोगमा ६३ रन बनाएका थिए ।

कलकत्ताका लागि आन्द्रे रुसेलले ब्याटिङ पनि प्रभावकारी नै गरेका थिए । जसमा उनले १७ बलको सामना गर्दै ५ छक्का र ३ चौकाको सहयोगमा ४८ रन बनाए । सुनिल नारानेले २४ रन र क्रिस लियनले १० रन बनाएका थिए ।

कलकत्ताविरुद्ध पञ्जावका मोहम्मद शामी, वरुण चक्रवर्ती, हार्दुस भिलजोइन र आन्द्र्यु टाइले समान एक—एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ०१ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व