छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सबै आगलागीले खरानी भएपछि… « Khabarhub

छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सबै आगलागीले खरानी भएपछि…


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान–  छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार अहिले ठूलो बिजोगमा परेको छ ।

धुमधामका साथ छोरीको बिहे गर्छु भन्ने ठूलो सपना देखेका प्रमाणपुरका स्थानीय विद्यालाल मण्डलको परिवार विवाह कसरी गर्ने भन्ने चिन्तामा डुबेको हो । यही चैत २ गते अचानक भएको आगलागीमा छोरीको विवाहका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु तीन लाख र सुनचाँदीको गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको विद्यालाल बताउँछन् ।

“बिहेको सबै तयारी हुँदै थियो, समान पनि किनेर घर भित्र्याइसकेको थिएँ”, उनले भने, “तर अचानक बस्तीमा आगलागी भयो, घरको सबै सामान जलेर खरानी भएपछि ठूलो सङ्कटमा परेको हुँ ।” आगलागीमा न त टाउको लुकाउने रह्यो न त एक मुठी अन्न नै, अब कसरी छोरीको विवाह गर्ने भन्ने ठूलो चिन्तामा परेको उनी सुनाउँछन् ।

विद्यालालको तीन छोरीमध्ये जेठी छोरी मञ्जु कुमारीको यही वैशाख ४ गते सिरहाको लहान नगरपालिकास्थित ब्रह्मान गोर्छारीमा तय गरिएको छ । बिवाह नजिकिँदै गएका बेला एक्कासी आगलागीले घरबारविहीन बनाइएपछि उनको सात जनाको परिवार त्रिपालमुनि दिन बिताउँदै आएका छन् । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा विद्यालालसहित स्थानीय आठ परिवारको १० वटा घर जलेर नष्ट भएको थियो ।

यसैबीच आगलागीबाट घरबारविहीन भएपछि छोरी विवाहको चिन्तामा डुबेको विद्यालालको परिवारलाई बुधबार नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागी भएको दुई दिनपछि नै चामल, दाल, कपडालगायतको राहत सहयोग गरेको समाजले छोरीको विवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालालको परिवारलाई नगद रु ५० हजार प्रदान गरेको हो । समाजका अध्यक्ष मो अल्लाउदीन र सुरुङ्गा नगरपालिका–९ का वडाध्यक्ष पुथ्वीविलास चौधरीले विद्यालाललाई सो नगद प्रदान गरे ।  आर्थिक अवस्था कमजोर रहेकाले छोरीको विवाह गर्न समस्या भएको पीडित परिवारको बेदना सुनेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष मो अल्लाउदीनले बताए । समाजले सो बस्तीका अग्निपीडित परिवारको समस्यालाई मध्यनजर गरी बस्तीमा तीन थान ट्युबेलसमेत जडान गरिदिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : ३६ बजे

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६