कंगना भन्छिन् – भन्सालीले ‘पद्मावत्’ मा अफर गरेका थिए | Khabarhub Khabarhub

कंगना भन्छिन् – भन्सालीले ‘पद्मावत्’ मा अफर गरेका थिए


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कंगना रनावत प्रायः चर्चामा हुन्छिन् । फिल्म उद्योगमा उनी प्रतिभाशाली अभिनेत्रीमा त पर्छिन् नै । अर्कातिर उनी आफूलाई लागेको कुरा विना कुनै डर बोल्न सक्ने खुबी भएकी अभिनेत्रीमा पनि पर्छिन् । हालै कंगनाले एक अन्तर्वार्तामा आफ्नो फिल्म जर्नीको बारेमा बताइन् ।

उनले कुराकानीका क्रममा फिल्म ‘पद्मावत्’ का लागि सञ्जय लीला भन्सालीले आफूसँग कुरा गरेको बताइन् । उनले भन्सालीले फिल्मको स्किृप्ट सुनाएको पनि उक्त अन्तर्वार्तामा खुलाइन् ।

उनले भनेकी छिन्, ‘हो, कुराकानी भएको थियो, त्यतिबेला मैले मणिकर्णिकामा काम गरिरहेकी थिएँ, त्यसकारण यसमा अगाडि कुरा भएन, तर हामीबीच फिल्मलाई लिएर कुराकानी भएको थियो, त्यसभन्दा पहिले त उनीहरुले फिल्म गलियो की रसलीलाको गीत गरुँ ।’

फिल्म ‘पद्यावत्’ मा दीपिका पादुकोणले रानी पद्यावतीको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको अभिनयको पनि खुबै तारिफ भएको थियो । यो फिल्म बक्स अफिसमा पनि हिट साबित भएको थियो ।

यतिबेला भने कंगना तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिकमा अभिनय गर्न लागेकी छिन् ।

उनले बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिएको भन्ने चर्चा पनि छ । कंगनाले यही फिल्मका लागि तमिल भाषा सिकिरहेकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : १५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित