लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए « Khabarhub

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला गरेको गरेको छ।

संगठनका अनुसार तैयबेह क्षेत्रमा एक घरभित्र रहेको इजरायली सैन्य पोस्टलाई लक्षित गर्दै तीन पटक आक्रमण गरिएको हो।

लेबनान सीमाक्षेत्र नजिक हिजबुल्लाहको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ। इजरायली सेनाका अनुसार ४७ वर्षीय अलेक्जेन्डर ग्लोभान्योभ आइतबार भएको सैन्य अभियानका क्रममा मारिएका हुन्।

सेनाले जारी गरेको वक्तव्यमा ग्लोभान्योभ सेनाअन्तर्गत सवारी चालकको रूपमा कार्यरत रहेको उल्लेख गरिएको छ। उनको मृत्यु लेबनान सीमा नजिकको सैन्य अभियानका क्रममा भएको बताइएको छ।

हिजबुल्लाहले आक्रमणपछि इजरायली सैनिकहरू पछि हट्न बाध्य भएको दाबी गरेको छ। यसकाा साथै, घाइते सैनिकलाई उद्धार गर्न घटनास्थलमा इजरायली हेलिकोप्टर पुगेको पनि संगठनले जनाएको छ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहको एउटा ड्रोन खसालिएको दाबी गरेको छ।

सेनाका अनुसार उक्त ड्रोन इजरायली सैनिक तैनाथ रहेको क्षेत्रमा उडिरहेको थियो, जसलाई अवरोध गरी नष्ट गरिएको हो। आईडीएफले इजरायली सहरहरूमा साइरन नबजाइएको र यो सुरक्षा प्रोटोकलअनुसार गरिएको जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १२ : ४२ बजे

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा