वैदैशिक रोजगारी : फागुनमा साढे ४४ हजार बाहिरिए, ५५ जनाको मृत्यु | Khabarhub Khabarhub

वैदैशिक रोजगारी : फागुनमा साढे ४४ हजार बाहिरिए, ५५ जनाको मृत्यु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन महिनामा संस्थागत, रिइन्ट्री, व्यक्तिगत, नयाँ र वैधानिकिकरण गरी ४४ हजार ६ सय ८८ जना युवा वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । फागुन महिना संस्थागत रुपमा श्रम स्वीकृति लिएर १७ हजार ८ सय ७५ जना श्रमिक वैदेशिक रोजगारीका लागि बाहिरिएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

विभागले फागुन महिनामा सार्वजानिक गरेको तंथ्याकअनुसार नेपाली युवा कामको खोजीमा कतार, साउदी अरब र यूएईमा मात्र १६ हजारभन्दा धेरै गएका विभागको तंथ्याकले देखाएको छ । फागुन महिनामा २९ हजार १ सय ३४ जनाको मात्र पूर्व स्वीकृति जारी गरिरएको विभागले जनाएको छ ।

रोजगारीको खोजीमा विदेशिने कामदारको संख्यामा बृद्धि भएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापगाँइले बताए । विभागले फागुन महिनामा सार्वजनिक गरेको तंथ्याकअनुसार संस्थागत रुपमा गएका १७ हजार ८ सय ७५ जना नेपालीमध्ये कतारका लागि ६ हजार १ सय जनाले श्रम लिएका छन् । यस्तै साउदी अरबमा ५ हजार ७२ जना र तेश्रो स्थानमा रहेको यूएईमा ४ हजार ८ सय ३७ जना रोजगारीका लागि गएको विभागको तंथ्याकमा उल्लेख छ ।

फागुन महिनामा बहराइनमा ३ सय ८८ जना, कुवेतमा ७ सय ९३ जना, साइप्रसमा १४ जना, अफगानिस्तानमा ४१ जना, टर्कीमा ४० जना गएका छन् भने म्यानपावर व्यवसायीबीच बढी रकम लिएर कामदार पठाइने भनि चर्चामा रहने पोल्याण्डमा ६२ जना गएका छन् । यसैगरी ओमनमा १ सय ७९ जना, जोर्डनमा १ सय ३३ जना, मकाउ ३३ जना गएका छन् ।

त्यसैगरी, रिइन्ट्रीमार्फत फागुन महिनामा २४ हजार ६ सय १२ जना बाहिरिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै कतारमा ७ हजार ५ सय १२ जना, दोश्रोमा रहेको साउदी अरबमा ६ हजार २४ जना, यूएईमा ५ हजार ३ सय १५ जना, मलेसियामा २ हजार ९ सय ४३ जना र जापानमा ३ सय ५६ जना गएका छन् ।

व्यक्तिगत तर्फ माल्टामा सबै भन्दाबढी १ सय २ जना र कतारमा १ सय ३३ जना गएका छन् । वैधानिकीकरण भई जाने मुलुुकको अग्रपंक्तिमा यूएई रहेको छ । फागनुमा उक्त मुलुकमा ६ सय ३३ जना वैधानिकीकरणको प्रक्रिया पूरा गरेर गएका छन् । फागुनमा वैधानिकीकरणको प्रक्रिया पूरा गरेर १ सय २८ जना अफगानिस्तान, ३ सय ५९ जना कतार र ५६ जना मलेसिया गएका छन् । चालु आर्थक वर्ष शुरु भएका ८ महिनामा करिब ३ लाख युवा रोजगारीका खोजीमा विदेशीएको विभागले जानकारी दिएको छ ।

५५ जनाले ज्यान गुमाए

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकमध्ये फागुन महिनामा मात्र ५५ जनाले ज्यान गुमाएका छन् ।

तंथ्याकअनुसार ५३ पुरुष र २ महिलाले ज्यान गुमाएका छन् । रोजगारीका लागि कतार पुगेका ५ जना, कुवेतमा ३ जना, दक्षिण कोरियामा २ जना, बहराइनमा २ जना, मलेसियामा १९ जना, युएईम ५ पुरुष र २ महिला गरि ७ जना, साउदी अरबमा १७ जना गरी ५५ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्ष शुरु भएको ३ सयभन्दा धेरै ज्यान गुमाएको वोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ०३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार