वैदैशिक रोजगारी : फागुनमा साढे ४४ हजार बाहिरिए, ५५ जनाको मृत्यु « Khabarhub

वैदैशिक रोजगारी : फागुनमा साढे ४४ हजार बाहिरिए, ५५ जनाको मृत्यु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन महिनामा संस्थागत, रिइन्ट्री, व्यक्तिगत, नयाँ र वैधानिकिकरण गरी ४४ हजार ६ सय ८८ जना युवा वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । फागुन महिना संस्थागत रुपमा श्रम स्वीकृति लिएर १७ हजार ८ सय ७५ जना श्रमिक वैदेशिक रोजगारीका लागि बाहिरिएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

विभागले फागुन महिनामा सार्वजानिक गरेको तंथ्याकअनुसार नेपाली युवा कामको खोजीमा कतार, साउदी अरब र यूएईमा मात्र १६ हजारभन्दा धेरै गएका विभागको तंथ्याकले देखाएको छ । फागुन महिनामा २९ हजार १ सय ३४ जनाको मात्र पूर्व स्वीकृति जारी गरिरएको विभागले जनाएको छ ।

रोजगारीको खोजीमा विदेशिने कामदारको संख्यामा बृद्धि भएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापगाँइले बताए । विभागले फागुन महिनामा सार्वजनिक गरेको तंथ्याकअनुसार संस्थागत रुपमा गएका १७ हजार ८ सय ७५ जना नेपालीमध्ये कतारका लागि ६ हजार १ सय जनाले श्रम लिएका छन् । यस्तै साउदी अरबमा ५ हजार ७२ जना र तेश्रो स्थानमा रहेको यूएईमा ४ हजार ८ सय ३७ जना रोजगारीका लागि गएको विभागको तंथ्याकमा उल्लेख छ ।

फागुन महिनामा बहराइनमा ३ सय ८८ जना, कुवेतमा ७ सय ९३ जना, साइप्रसमा १४ जना, अफगानिस्तानमा ४१ जना, टर्कीमा ४० जना गएका छन् भने म्यानपावर व्यवसायीबीच बढी रकम लिएर कामदार पठाइने भनि चर्चामा रहने पोल्याण्डमा ६२ जना गएका छन् । यसैगरी ओमनमा १ सय ७९ जना, जोर्डनमा १ सय ३३ जना, मकाउ ३३ जना गएका छन् ।

त्यसैगरी, रिइन्ट्रीमार्फत फागुन महिनामा २४ हजार ६ सय १२ जना बाहिरिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै कतारमा ७ हजार ५ सय १२ जना, दोश्रोमा रहेको साउदी अरबमा ६ हजार २४ जना, यूएईमा ५ हजार ३ सय १५ जना, मलेसियामा २ हजार ९ सय ४३ जना र जापानमा ३ सय ५६ जना गएका छन् ।

व्यक्तिगत तर्फ माल्टामा सबै भन्दाबढी १ सय २ जना र कतारमा १ सय ३३ जना गएका छन् । वैधानिकीकरण भई जाने मुलुुकको अग्रपंक्तिमा यूएई रहेको छ । फागनुमा उक्त मुलुकमा ६ सय ३३ जना वैधानिकीकरणको प्रक्रिया पूरा गरेर गएका छन् । फागुनमा वैधानिकीकरणको प्रक्रिया पूरा गरेर १ सय २८ जना अफगानिस्तान, ३ सय ५९ जना कतार र ५६ जना मलेसिया गएका छन् । चालु आर्थक वर्ष शुरु भएका ८ महिनामा करिब ३ लाख युवा रोजगारीका खोजीमा विदेशीएको विभागले जानकारी दिएको छ ।

५५ जनाले ज्यान गुमाए

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार रोजगारीका लागि विभिन्न देशमा गएका श्रमिकमध्ये फागुन महिनामा मात्र ५५ जनाले ज्यान गुमाएका छन् ।

तंथ्याकअनुसार ५३ पुरुष र २ महिलाले ज्यान गुमाएका छन् । रोजगारीका लागि कतार पुगेका ५ जना, कुवेतमा ३ जना, दक्षिण कोरियामा २ जना, बहराइनमा २ जना, मलेसियामा १९ जना, युएईम ५ पुरुष र २ महिला गरि ७ जना, साउदी अरबमा १७ जना गरी ५५ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्ष शुरु भएको ३ सयभन्दा धेरै ज्यान गुमाएको वोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ०३ बजे

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो