एएफसी यु–२३ : तयारी पर्याप्त, नतिजा निराशाजनक– विश्लेषक मिश्र | Khabarhub Khabarhub

एएफसी यु–२३ : तयारी पर्याप्त, नतिजा निराशाजनक– विश्लेषक मिश्र



काठमाडौं– सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यु—२३ च्याम्पियनसिपका लागि छनोट खेल्न कतार पुगेको नेपाली टोलीले आफ्नो समूहका तीनै खेलमा हार बेहोर्दै बुधबार स्वदेश फर्किएको छ ।

ओमानसँग १—०, कतारसँग ५—० तथा अफगानिस्तानसँग २—० को नतिजा भोगेको नेपाली टोलीको प्रदर्शनमा के कस्ता कमजोरी रहे ? यस्तो नतिजा आउनु पछाडिका कारक तथा कमिकमजोरीहरुबारे फुटबल विश्लेषक सञ्जीव मिश्रसँग कुराकानीको गरिएको छ ।

कतारसँगको खेलमा निकै धेरै कमजोरी देखियो

अहिलेसम्म हामीले उमेर समूहका प्रतियोगिता जित्दा जुन समूहमा थियौं । ति समूह ‘टफ’ नै थिए । त्यस कारण पनि यो प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो हुनपर्थ्यो । एएफसी यु—२३ कतारमा खेलिरहँदा कतारसँगको खेलमा निकै धेरै कमजोरी देखियो । ओमानसँगको १—० को नतिजा सन्तोषजनक रहेपनि कतारसँग ५ गोल खानु अस्वाभाविक हो ।

कतारका खेलाडीले प्रहार गरेका गोल प्रयासमा गोल नहुने बल पनि गोल भयो । धेरै टाढा टाढाबाट प्रहार गरेको बल पनि गोल भइरहेको थियो । त्यस्तै, छनोटको अन्तिम खेल अफगानिस्तानसँग कम्तिमा बराबरी हुनुपथ्र्याे । तर, त्यसो हुन सकेन् ।

खेल हो हार र जीत हुन्छ । तर, केही अगाडिसम्म अफगानिस्तान पनि दक्षिण एसियामा नै थियो । यहाँ दक्षिण एसियामा हुँदा अफगानिस्तान नेपालकै हाराहारीको टिम हो । अहिले मात्रै सेन्टर एसियामा पुगेको हो । तर, दक्षिण एसियाको उमेर समूहमा नेपालले पनि राम्रो प्रदर्शन गरिरहेको हो ।

अहिले अफगानिस्तानलाई हराउन सक्नु पथ्र्याे । त्यसकारण हामी त्यहाँ निर पनि कही न कही चुक्यौ कि ? कतारसँगको खेलमा जुन किसिमको नेपाली खेलाडीले प्रदर्शन गरे त्यो सम्झन लायक खेल होइन । अन्य दुई खेलमा खेलाडीहरुले औषत प्रदर्शन गरेका थिए । त्यसमा प्रशिक्षकले पनि ध्यान दिनु पर्ने हो । तर, त्यो देखिएन । कतारसँग फराकिलो हार बेहोरीसकेपछि अर्को खेलमा सेटमा परिवर्तन गर्नु पर्थ्यो ।

सधै एउटै खेलाडीलाई मात्रै मौका दियो भने खेलाडीहरुमा हामी नै हो खेल्ने भन्ने किसिमको भ्रम पलाउँछ । एक खेलमा हार बेहोरिसकेपछि अन्य खेलाडीलाई पनि अवसर दिनुपथ्र्याे । हामीले टोलीमा २३ जना खेलाडी लिएर गएका थियौं ।

अन्तिम खेलमा ५—६ जना खेलाडीहरु परिवर्तन गर्ने बारे ध्यान दिनु पथ्र्याे । त्यस्तो गर्दा नयाँ खेलाडीहरुले पनि एक्सपोजर पाउँछ । खेल पनि आफ्नो पक्षमा आउने सम्भावना रहन्छ ।

उमेर समूहमा यु—२३ भनेको राष्ट्रिय टीमका लागि खेलाडी विल्डअप प्रोसेसको टिम हो । तर, हाम्रो हकमा चाहीँ राष्ट्रिय टोलीबाट खेलिरहेका अधिकाशं अनुभवी खेलाडीले कतारमा एएफसी यु—२३ छनोट खेले ।

यस्तो अवस्थामा राष्ट्रिय टोलीबाट २—४ वर्षदेखि लगातार खेलिरहेका खेलाडी सेटमा हुँदा हामी त्यसैपनि बलियो हुनु पर्ने हो । तर, जुन जस्तो बलियो टिमका रुपमा प्रदर्शन गर्नु पर्ने हो । त्यो यतिबेला राम्रो देखिएन ।

नेपाली टोलीका लागि मुख्य कमजोरीका रुपमा गोल गर्न नसक्नु रह्यो । गोल नगरी जित्ने कुरा भएन । कतारमा समूह चरणको दोस्रो खेलमा घरेलु टोलीविरुद्ध हाम्रो डिफेन्स र गोलकिपीङमा कमजोरी देखियो । जसले गर्दा खेल गुमाउँनु पर्यो । आगामि दिनमा यस्ता कुराहरुमा सुधार गर्नु पर्छ ।

यु—२३ को टोलीको अभ्यासको कुरा गर्नु पर्दा अभ्यास प्रयाप्तै भएको हो । अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीले अभ्यास गर्ने नै १५—१६ दिन हो । त्यो समयमा टेक्निकल र ट्याक्टिकल पक्षमा प्रशिक्षकले खेलाडीलाई सिकाउने हो । यति भनिरहँदा खेलाडी भने घरेलु फुटबलमा व्यस्त भइराख्नु पर्ने हो ।

त्यहीँबाट खेलाडी पिक गर्ने हो । घरेलु प्रतियोगितामा व्यस्त खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २—३ हप्ता क्याम्पमा राख्नु प्रयाप्त हो । नेपाली टोलीका लागि अहिले राम्रो तयारी भएको थियो । यो तयारीलाई कम भन्न मिल्दैन । ए डिभिजन लिग भर्खरै सम्पन्न गरेका थियौं । खेलाडीहरु मोफसलमा व्यस्त थिए । उनीहरुले लगभग ६—७ महिना देखि मैदानमा छन् । त्यसो कारणले हाम्रो टिमका लागि २—३ हप्ताको तयारी पर्याप्त हो ।

यस्तै, खेलाडीहरुको कुरा गर्नु पर्दा जति एक्टीभ र पोटेन्सियल भएका खेलाडी मैदानमा थिए । त्यति नै बलियो सम्भावना रहेका बेञ्जमा पनि । जहाँ हाम्रो छनोट हुने सम्भावना कम रहन्छ । त्यस्तो अवस्थामा हामीले नयाँ खेलाडीलाई मैदान उत्रिने अवसर दिनु पर्छ । उनीहरुका लागि पनि अनुभव पनि हुन्छ । मोटिभनेसन पनि हुन्छ ।

नयाँ खेलाडीलाई धेरै भन्दा धेरै एक्सपोजर दिनु पर्छ । खेलमा प्रशिक्षकहरुको आ—आफ्नो निर्णय हुन्छ । तर, मेरो विचारमा सधै खेलिरहेका र केही कमजोर प्रदर्शन गरिरहेका खेलाडीलाई निरन्तरता दिनु भन्दा नयाँ खेलाडीलाई अवसर दिने कुरामा मुख्य प्रशिक्षक अलमलमा परेका हुन कि ? जस्तो लागेको थियो ।

यी सबै कमीकमजोरीलाई सञ्च्याएर मैदान उत्रिनु पर्नेमा त्यस्तो हुन सकेनको होकि जस्तो लाग्छ । त्यसो हुँदा प्रशिक्षकको पनि कमजोरी देखिन्छ ।

फुटबल संघले हरेक उमेरसमूहका टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा अवसर दिइरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताबाट आएका निमन्त्रणा र प्रतियोगिताहरु खोजेर भएपनि सहभागीता जनाइरहेको छ । यसरी नै बढी भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा एक्सपोजर दिन सकियो भने यु—२३ र राष्ट्रिय टिममा सुधार हुन्छ ।

आउने दिनमा अहिलेको भन्दा व्यापक अन्तर्राष्ट्रिय सहभागीता हुनुपर्छ । त्यसो हुँदा नेपाली फुटबलमा सुधार आउनसक्छ । एन्फाले हरेक टुर्नामेन्टमा सहभागिता जनाउने नीति लिएको छ त्यो राम्रो छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेपछि हामी किन हार्यो ? कसरी हार्यो ? र अबका रणनीति के हुने जस्ता विषयहरुमा एन्फामा सुक्ष्म विश्लेषण हुनुपर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ५९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका