सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ? « Khabarhub

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले मन्त्री गुप्ता जोडिएको अडिओ प्रकरणको छानबिन हुनुपर्ने माग गरेकी हुन् ।

पूर्वशिक्षामन्त्री समेत रहेकी उनले दुई दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले घुस डिल गरिरहेको अडिओ बाहिरिएको अवस्थामा सरकार चुप बस्न नसक्ने बाइन् ।

उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको उनले बताइन् । ‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’, उनले प्रश्न गरिन् ।

श्रेष्ठले मालपोत कार्यालयको प्रमुख पठाउनेदेखि भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्तिमा पनि घुसको सेटिङ चलिरहेको बताइन् ।

‘कास्की मालपोत कार्यालयमा को पठाउनेमा पनि घुस, त्यहीँकै भूमि आयोग जिल्ला अध्यक्षमा पनि लेनदेनको सेटिङ ? किन भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजिएको बुझियो’, उनले भनिन्, ‘आफूअनुकूल मान्छे, आफूअनुकूल कानुन । उक्त घुस प्रकरणमा एकजना मन्त्रीले अर्को मन्त्रीलाई पोलेको सुनिएको छ । यसको छानबिनको माग गर्छौं ।’

गुप्ताले घुस डिल गरिरहेको उक्त अडिओमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रकम लिइसकेकाले अब उनले काम नगर्ने भनिएको छ । ‘उक्त अडिओमा सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ?’, उनले भनेकी छन्, ‘अडिओमा भनिएका ‘बा’ भनेका के हुन् ?’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ०६ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको