रुसले भेनेजुएलाबाट सेना फिर्ता गर्नुपर्छ : ट्रम्प « Khabarhub

रुसले भेनेजुएलाबाट सेना फिर्ता गर्नुपर्छ : ट्रम्प


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई भेनेजुएलाबाट आफ्ना सैनिक फिर्ता गर्न आग्रह गरेका छन् । ह्वाइट हाउसमा भेनेजुएलामा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुआँ गुआइदोकी श्रिमतीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले रुसलाई भेनेजुएलाबाट आफ्ना सैनिक फिर्ता गर्न आग्रह गरेका हुन् ।

‘रुस भेनेजुएलाबाट जानुपर्छ’ ओभल अफिसमा पत्रकारहरुसँग ट्रम्पले भने । तर, कसरी उनले भेनेजुएलाबाट रुसी सेना फिर्ता गर्छन् भन्ने प्रश्नमा ट्रम्पले भने ‘हेरौँ । त्यसका लागि सबै विकल्पहरु खुला छन् ।’

गत शनिबार रुसले भेनेजुएलाको राजधानी कराकासमा दुई सैनिक विमानमार्फत् १ सय जनाभन्दा धेरै विशेष सैनिक र अरु सैनिक सामग्री पठाएको थियो ।

भेनेजुएला पुगेका रुसी विशेष फौजमा साइबर सुरक्षासम्बन्धी विशेषज्ञहरु पनि रहेको हुनसक्ने अमेरिकी अनुमान छ । गत जनवरीमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकासहित पश्चिमा मुलुकले समर्थन गर्दै आएका छन् भने सत्तामा रहेका राष्ट्रपति निकोलस मादुरोलाई रुस र चीनसहित अन्य मुलुकहरुले समर्थन गर्दै आएका छन् ।

मादुरोले गुआइदोलाई अमेरिकाको कठपुतलीको संज्ञा दिँदै आएका छन् । रुसले मादुरोलाई आर्थिक तथा सैनिक सहयोग गर्दै आएको छ ।
रुसी सेना भेनेजुएलाबाट फिर्ता गर्नुपर्ने राष्ट्रपति ट्रम्पको भनाइको भने रुसले खण्डन गरेको छ ।

रुसी विदेशमन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले च्यानल वान टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा अमेरिकाले अरु देशलाई सेना फिर्ता गर्नुभन्दा पनि शुरुमा आफूले के गरिरहेको छु भन्ने हेर्नुपर्ने टिप्पणी गरेको रुसी समाचार संस्था तासले जनाएको छ ।

अमेरिकाले सिरियामा अवैधानिक रुपमा आफ्ना सैनिक राखेर भेनेजुएलाबाट रुसलाई सेना फिर्ता गर्न नसुहाउने जखारोभालाई उद्धृत गर्दै तासले जनाएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ५५ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००