अमेरिका र नेपालबीच राजनीतिक तहको संवाद गर्ने समझदारी भयो– प्रचण्ड « Khabarhub

अमेरिका र नेपालबीच राजनीतिक तहको संवाद गर्ने समझदारी भयो– प्रचण्ड


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमाम भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् ।

पत्नी सीताको उपचार गराएर अमेरिकाबाट स्वदेश फर्किएका प्रचण्डले विहीबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने सझदारी बनेको बताए ।

अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्यूरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ताका क्रममा यस्तो समझदारी बनेको प्रचण्डको भनाइ छ ।

अमेरिकामा नेपाली मूलका प्रोफेसर, व्यवसायी, वैज्ञानिकहरुको उत्साहजनक सहभागितामा छलफल भएको जानकारी दिए ।

उनले भने ‘केही त्यस्ता नेपाली रहेछन् जसले देशकै अपमान हुने व्यवहार देखाए, उनीहरु आफूलाई अमेरिकाको रैथाने ठान्दा रहेछन् तर अमेरिकाले जारी गरेको नो इन्भेस्टिगेशन सर्कुलरले उनीहरुको व्यवहारको प्रतिवाद भयो ।’

पत्नी सीताको उपचार विषयमा बोल्दै अध्यक्ष प्रचण्डले जर्ज टाउन हस्पिटलमा जचाइएको र त्यहाँ पनि सिंगापुरकै जस्तो डाइगानोसिस देखिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४८ बजे

युद्ध छाडेर वार्ताको बाटोमा फर्किन राष्ट्रसंघमा नेपालको आग्रह

काठमाडौँ- परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा र

दसैँ नजिकिएसँगै किसानलाई अलैँची भित्र्याउन चटारो

तेह्रथुम- तेह्रथुमका  किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैँ नजिकिएसँगै

शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी

तेह्रथुममा हाल्न थालियो लिंगेपिङ

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका ५ शुक्रबारे नजिकै गत वर्षझैँ यस

श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडौँ– कोभिड-१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन