अमेरिका र नेपालबीच राजनीतिक तहको संवाद गर्ने समझदारी भयो– प्रचण्ड « Khabarhub

अमेरिका र नेपालबीच राजनीतिक तहको संवाद गर्ने समझदारी भयो– प्रचण्ड


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमाम भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् ।

पत्नी सीताको उपचार गराएर अमेरिकाबाट स्वदेश फर्किएका प्रचण्डले विहीबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने सझदारी बनेको बताए ।

अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्यूरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ताका क्रममा यस्तो समझदारी बनेको प्रचण्डको भनाइ छ ।

अमेरिकामा नेपाली मूलका प्रोफेसर, व्यवसायी, वैज्ञानिकहरुको उत्साहजनक सहभागितामा छलफल भएको जानकारी दिए ।

उनले भने ‘केही त्यस्ता नेपाली रहेछन् जसले देशकै अपमान हुने व्यवहार देखाए, उनीहरु आफूलाई अमेरिकाको रैथाने ठान्दा रहेछन् तर अमेरिकाले जारी गरेको नो इन्भेस्टिगेशन सर्कुलरले उनीहरुको व्यवहारको प्रतिवाद भयो ।’

पत्नी सीताको उपचार विषयमा बोल्दै अध्यक्ष प्रचण्डले जर्ज टाउन हस्पिटलमा जचाइएको र त्यहाँ पनि सिंगापुरकै जस्तो डाइगानोसिस देखिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४८ बजे

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले