जनकपुर बम काण्ड– पूर्व राज्यमन्त्री टक्लालाई जन्मकैदको फैसला | Khabarhub Khabarhub

जनकपुर बम काण्ड– पूर्व राज्यमन्त्री टक्लालाई जन्मकैदको फैसला


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर बम काण्डमा पूर्व राज्यमन्त्री सञ्जयकुमार साह(टक्ला) लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पूर्व राज्यमन्त्री टक्लासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

टक्लासहित अर्जुन भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झालगायतलाई जन्मकैदको फैसला सुनाइएको छ ।

जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए ।

प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ६ : ०० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’