कांग्रेसले भन्यो – प्रधानमन्त्रीको टिप्पणी ‘आमाको अगाडि मावलको बयान’ ! « Khabarhub

कांग्रेसले भन्यो – प्रधानमन्त्रीको टिप्पणी ‘आमाको अगाडि मावलको बयान’ !


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले कांग्रेस प्रति गरेको टिप्पणीलाई पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कांग्रेसलाई नै लोकतन्त्रको पाठ सुनाउने खोजेको टिप्पणी गरेको छ ।

विज्ञप्तिमा एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वार्ध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति कठिन रहेको मनस्थिति बुझेको भन्दै कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने काम ‘आमाका अघि मावलको बयान’ भनेको छ ।

प्रधानमन्त्री ओलीले आज भएको नेकपाको प्रदेश नम्बर तीनको बैठकलाई उद्घाटन गर्दै कांग्रेसलाई देखेर आफूलाइ दया लागेको टिप्पणी गरेका थिए । उनले विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको भन्दै आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुःखद् भएको बताएका थिए ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेसले यस्तो विज्ञप्ति जारी गरेको हो । कांग्रेसले नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएपनि विप्लवमाथि लगाइएको प्रतिबन्धले समाधानमा पुग्न नसकिने आफ्नो धारणाप्रति अडिग रहेको समेत बताएको छ ।

उसले वार्ताबाट विप्लव समूहका माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारसँग फेरी आग्रह समेत गरेको छ । कांग्रेसले हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई समेत अपिल गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ७ : २१ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा