सोमालियामा बम आक्रमण, ११ जनाको मृत्यु « Khabarhub

सोमालियामा बम आक्रमण, ११ जनाको मृत्यु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोमालिया– सोमालियाको राजधानी मोगादिशुमा भएको कार बम आक्रमणमा कम्तीमा ११ जनाको ज्यान गएको छ । मोगादिशुको मका अल मुकरामा नामक व्यस्त सडकनजिक रहेको होटेलअगाडि कार बम आक्रमण भएको सोमाली अधिकारीले जनाएका छन् ।

आक्रमणमा अरु १६ जना घाइते भएको एएफपीले जनाएको छ । रेष्टुरेन्टभित्र र बाहिर रहेका मानिसहरु आक्रमणको चपेटामा परेका थिए । व्यस्त सडकमा भएको आक्रमणका क्रममा त्यहाँ नजिक रहेका सवारी साधनमा क्षति पुगेको थियो ।

सोमालियामा सक्रिय अल कायदासम्बद्ध इस्लामिक अतिवादी लडाकु समूह अल सबाबले राजधानी मोगादिशुसहित सोमालियाका विभिन्न क्षेत्रमा बम आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : ३५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल